२०८३ कार्तिक १२

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।


Advertisement


ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठक्कर दिई ट्रकको पछाडिपट्टिको चक्काले किच्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त थिमिमा राखिएको उनले जानकारी दिए ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap