२०८३ असार १३

सामाजिक

सडेको अवस्थामा शव फेला

सडेको अवस्थामा शव फेला

देश, समाचार, सामाजिक
कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।  Advertisement उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो । शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ । साभार: रातोपाटी ...
फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ

देश, समाचार, सामाजिक
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । Advertisement चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।  उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । अवैध काठसहित अटोरिक्सा चालक पक्राउ भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपस...
विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

देश, समाचार, सामाजिक
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । Advertisement प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ  । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । उनीहरुबाट रु तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका...
५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

५११० मा गरिएको परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । Advertisement पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण दे...
भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ

भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । Advertisement सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । ०६५ मा बुढाथोकी सहितको समूहले रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् । सोले कुमार ०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने डिआइजी थापाले बता...
संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

संसद विघटनको विरोधमा रौतहटमा प्रदर्शन

देश, राजनीति, समाचार, सामाजिक
१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्का नाराबाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । Advertisement प्रदर्शनपछि वीपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीका मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिस्ट नभएको र कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए । ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउँदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद प...
उखु को भुक्तानी नपाई हृदयघात बाट मृत्यु

उखु को भुक्तानी नपाई हृदयघात बाट मृत्यु

देश, राजनीति, समाचार, सामाजिक
उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।  आन्दोलनरत उखु किसानहरूका संरक्षक राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरू काठमाडौंकेन्द्रित आन्दोलनका लागि आएका थिए । तर, २१ दिनभित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता गरी किसानले आन्दोलन स्थगित गरेको सुने पनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाइसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आस कम रहेको बताएका थिए । Advertisement यद्यपि, आन्दोलनको बीचमा उनले दुई लाख रुपैयाँ आफ्नो खातामा आएको बताएका थिए । मिश्रका अनुसार आइतबार दिउँसो ...
जग्गा व्यवसायी पक्राउ

जग्गा व्यवसायी पक्राउ

देश, समाचार, सामाजिक
१३ पुस, काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो । कक्षपती मुछिएको मुद्दामा होटल एभरेष्ट इन्टरनेश्नल लिमिटेडका निर्देशक सारिक लारी पनि प्रतिवादी थिए । Advertisement पक्राउपछि प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएकामा डिल्लीबजार कारागारको थुनामा पठाउन आदेश भएको छ । Credit: OnlineKhabar ...
२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

२४ घण्टामा ५०० भन्दा कम कोरोना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
परीक्षण दायरा घटाइँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ ।  Advertisement मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै ७३१ जना कोरोना संक्रमण मुक्त हुँदा ६ जनाको मृत्यु समेत भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४९ हजार ८६३ जना रहेको छ । हालसम्म १८२५ जना मृतकको संख्या पुगेको पनि मन्त्रालयले जनाएको छ ।  यस्तै देशभर हाल ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको ...
सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

सशस्त्र द्वन्द्व घाइतेको निःशुल्क उपचार गर्ने : कर्णाली सरकार

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
१२ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकारले निःशुल्क उपचार गर्न कर्णालीका दुई र संघीय राजधानी काठमाडौंका दुईवटा अस्पतालसँग सहकार्य गरेको छ । चारवटा अस्पतालबाट सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गरिने छ । यसका लागि एक करोड ५० लाख रुपैयाँ सम्बन्धित अस्पताललाई अख्तियारी दिइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । Advertisement मन्त्री भण्डारीका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५/२५ लाख, चिकित्सा विज्ञान राष्ट्रिय वीर अस्पताल काठमाडौं र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५०/५० लाख रुपैयाँको अख्तियारी दिएको छ । यी...