२०८१ जेष्ठ ६

अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् ।


Advertisement


महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए ।

उनीहरुको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap