२०८१ बैशाख १३

काठमाडौंबाट चिनियाँ नागरिक अपहरणको आरोपमा ४ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई चिनियाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलगंगास्थित होटल आनन्दबाट पुस १९ मा चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई सिन्धुपाल्चोकका दुई जनाले अन्य दुई चिनियाँसँग मिलेर अपहरण गरेका थिए ।


Advertisement


अपहरणमा संलग्न सिन्धुपाल्चोकका दावा पासाङ लामा, भक्ते लामा उर्फ साईला, चिनियाँ नागरिक ऊ चाओ र झाङ्ग उईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

अपहरणकारीले चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको पीडितले प्रहरीलाई बताएका छन् । दावा लामा समूहको कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।  आरोपीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ । आर्थिक लेनदेनको कारण अपहरण र कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap