२०८३ असार १३

सामाजिक

रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।  Advertisement कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  सम...
भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

देश, समाचार, सामाजिक
भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।  आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो । Advertisement प्रहरीको प्रारम्भिक अनुसन्धानमा  अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।  आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट  भएको छ र  मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।  उक्त मासु पसल गजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२...
‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या

‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या

देश, समाचार, सामाजिक
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार साँझ बूढानीलकण्ठ–६ का सुशील तामाङले ज्यान गुमाए । उनको मृत्यु स्वभाविक थिएन । चार  दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाए ।  सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।  Advertisement सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा  । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए ।  ...
तीन सातामा चार जना मजदुरको  मृत्यु

तीन सातामा चार जना मजदुरको मृत्यु

देश, समाचार, सामाजिक
भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।  आइतबार दिउँसो भक्तपुर नगरपालिका–२, कालोपाटीमा निमार्णाधीन घरमा इट्टाको गाह्रो लगाउँदै गर्दा एक मजदूरको लडेर मृत्यु भयो ।  Advertisement पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा महोत्तरी बर्दिबास घर भई हाल सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने ३५ वर्षका डम्बर मगर काम गर्ने क्रममा खस्न पुगे । पाँच तला माथिबाट लडी भुइँ तलामा बजारिँदा गम्भिर घाइते भएका मगरलाई तत्कालै स्थानीयहरुको सहयोगमा उपचारका लागी डा.इवामुरा अस्पताल भक्तपुर लगियो । उपचारकै क्रममा आज करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । यसबारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधि...
तस्कर र प्रहरीबीच गोली हानाहान : बारा

तस्कर र प्रहरीबीच गोली हानाहान : बारा

देश, समाचार, सामाजिक
बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले  निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो ।  Advertisement प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेकोमा सो क्रममा एक जवनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।  पक्राउ पर्नेमा  मकवानपुरको  हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । प्रहरीले घटनास्थलबाट  १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको  साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।  तामाङमाथि हातहतियार खरखजाना र लागु औषध मुद्धा चलाउने प्रहरीको तयारी छ । साभार: रातोप...
एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

एक पुरुष मृत अवस्थामा फेला : हेटौडा

देश, समाचार, सामाजिक, स्वास्थ्य
हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । Advertisement बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । साभार: रातोपाटी ...
पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

पृथ्वी जयन्तीमा राष्ट्रिय विदा घोषणा गर्न माग

देश, समाचार, सामाजिक
२५ पुस, काठमाडौं । विश्व हिन्दु महासंघले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएर राष्ट्रिय एकताको सन्देश अभिवृद्धि गर्न सबै नेपालीमा आग्रह गरेको छ । Advertisement सो दिवस भब्य रुपमा मनाउन विभिन्न तयारीहरु भइरहेको महासंघले जनाएको छ । महासंघका महासचिव अस्मिता भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा हर्साेल्लासका साथ देशव्यापी रुपमा मनाउनको लागि नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्वीर अंकित मुद्रा समेत प्रकाशित गर्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ ।’ Credit: OnlineKhabar ...
निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

देश, राजनीति, समाचार, सामाजिक
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ । Advertisement न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाको ठहर छ । ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ,’ पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नाग...
टिपरको ठक्करले एक जनाको मृत्यु

टिपरको ठक्करले एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
टिपरको ठक्करबाट सुर्खेतको छिञ्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट बिहान नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।  Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भीर घाइते भएका छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते आलेलाई उपचारका क्रममा ल्याउँदै गर्दा बाटामै  अपराह्न मृत्यु भएको हो ।  घाइते शाहीको उपचार भइरहेको तथा टिपरसहित चालकलाई नियन्त...
‘निर्मलाको बलात्कारी खै’ टिसर्ट लाउने युवक पक्राउ

‘निर्मलाको बलात्कारी खै’ टिसर्ट लाउने युवक पक्राउ

देश, समाचार, सामाजिक
धनगढी — नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आएको उक्त सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए । प्रहरीले उनीहरुकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरुलाई छाड्छौं,’ डिएसपी विष्टले भने । Credit: eKantipur ...