२०८१ बैशाख २०

चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै विवेकशील साझा




काठमाडौं । विवेकशील साझा पार्टीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छ ।



Advertisement



आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिवद्धता सार्वजनिक गर्न लागेको हो । 



पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले पार्टी मुख्य कार्यालय बखुन्डोलमा प्रतिवद्धता सार्वजनिक गरिने जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको छ । 

परियारका अनुसार कार्यक्रमका अवसरमा उमेदवारहरुसँग अन्तरक्रिया पनि हुनेछ ।

Copy link
Powered by Social Snap