२०८१ बैशाख २१

सप्तरी-२ का उमेदवार ठाकुरद्वारा प्रतिबद्धतापत्र सार्वजनिक




सप्तरी । सप्तरी क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार जयप्रकाश ठाकुरले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।



Advertisement



राजविराजमा आइतबार पत्रकार सम्मेलन गरी उनले २६ बुँदे प्रतिबद्धतापत्र जारी गरेका हुन् ।

सञ्चारकर्मीहरू माझ ठाकुरले प्रतिबद्धतापत्र वाचन गर्दे वैदेशिक रोजगारलाई निरुत्साहित गरी निर्वाचन क्षेत्रमा सीपमूलक तालिमहरू सञ्चालन गरी रोजगारको अवसर सिर्जना गर्ने बताए । यसका लागि निजीतर्फबाट एक हजार जनाका लागि विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याइने उनले भने ।



ठाकुरले शिक्षा, स्वास्थ्य र रोगजारलाई प्राथमिकतामा राखेरका छन् । प्रतिबद्धतापत्रमा स्थानीय स्तरको महत्वकांक्षी योजनाहरूमाथि जोड दिइएको छ ।

चुनाव जित्ने आधारकाे बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा ठाकुरले भने, “म गठबन्धनको साझा उमेदवार हुँ, स्थानीय तहको चुनावको आधारमा दोब्बरको हाराहरीले अगाडि छु र सधैँ जनताकाे सेवामा समर्पित रहने स्थानीय व्यक्ति भएकोले यसपालि जनताले जिताउनेमा विश्वस्त छु।”

कार्यक्रममा गठबन्धन दलका नेताहरूको उपस्थिति रहेको थियो ।

Copy link
Powered by Social Snap