२०८१ बैशाख १३

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक भोलि मात्र 




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र सोमबार (भोलि) मात्र सार्वजनिक गरिने भएको छ ।



Advertisement



महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको घोषणापत्र लेखन समितिले आज बेलुका ५ बजे भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो । तर, अन्तिम समयमा सो कार्यक्रम स्थगन गरियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरी आजको कार्यक्रम स्थगन गरिएको र सोमबार बिहान १०ः३० बजे मात्र घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।



घोषणापत्र लेखन समितिका सदस्य जीवन परियारले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको कार्यक्रमका क्रममा काठमाडौंबाहिर रहेको र इन्टरनेटमा जोडिन समस्या भएकाले उक्त कार्यक्रम रोक्नुपरेको जानकारी दिए ।

Copy link
Powered by Social Snap