२०८१ बैशाख ८

गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन आवश्यक : देउवा




धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, गणतन्त्रको रक्षाका लागि आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् ।



Advertisement



आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताए । उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उमेदवारहरूलाई जिताउन आग्रह समेत गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मुख्य मुद्दा भनेकै संविधानको रक्षा भएको बताए । प्रतिगामीहरूलाई परास्त गर्नका लागि गठबन्धन गरिएको उनले उल्लेख गरे ।

“हामी संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि एक ठाउँमा छौँ,” प्रचण्डले भने, “अर्को थरीले रछ्यानमा मिल्काएको राजतन्त्र फर्काउनका लागि गठबन्धन गरेका छन् ।”



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनमार्फत प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताए । गणतन्त्रको रक्षा गर्न कांग्रेस र कम्युनिस्ट मिलेको उनको भनाइ छ ।

“म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन । हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ । प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छु,” उनले भने । अध्यक्ष नेपालले लोकतन्त्रमाथि अझै खतरा कायम रहेको बताए ।

Copy link
Powered by Social Snap