२०८१ बैशाख ७

ईश्वर पोखरेलकाे आरोप– गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने




काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रित रहेको बताए । 



Advertisement



एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहीन, सिद्धान्तहीन र अस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए । 



पोखरेलले तिहारलगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए । 

अहिले पनि मुलुकको राजनीतिलाई प्रदूषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरे । 

Copy link
Powered by Social Snap