कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।
कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ ।
यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो ।
थापाले प्रदेशसभाबाट विश्वासको मत लिने दिन सभाध्यक्षमण्डलका सदस्य नेपाली कांग्रेसका इस्राइल मन्सुरीले बैठक सञ्चालन गरेका थिए । प्रदेशसभामा मतदान हुँदै थियो । मत सच्याउने अवधि सकिएपछि मन्सुरीले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे ।
त्यति बेला उनले माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई सभा सञ्चा...









