२०८१ जेष्ठ ३

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता




काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेलले अग्रता घटाएका छन् । ६०० मत गणना हुँदा कँडेलले २८७ मत पाएका छन् । 


Advertisement


सुरुदेखि नै अगाडि रहेका हरिप्रसाद रिजालको अग्रता कायमै राखेका छन् । उनले ३०८ मत पाएका छन् ।



उनलाई पछ्यारहेका कँडेल अहिले २१ मतले पछाडि छन् । यसअघि पाँचसय मत गणना हुँदा उनी २९ मतले पछाडि छन् ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।

Copy link
Powered by Social Snap