२०८० फाल्गुन १२

एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल २ मतले विजयी




काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् ।


Advertisement


गए राति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । 



उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । 

1-1693958387.jpg

Copy link
Powered by Social Snap