कूटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्न चाहन्छौं: परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले कुटनीतिक संवाद गरेर नक्सा विवाद समाधान गर्ने बताएका छन्।
ओखलढुंगामा कांग्रेस जिल्ला कार्यसमितिको सभाहलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताए।
‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने, ‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’
नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिने उनले बताए।
‘नक्सा संसदबाट पास गरेपछि सम्बन्धित देशहरूमा गयो कि गएन भनेर मन्त्रालयमा बुझ्दा गइसकेको जानकारी पाइएन,’ उनले भने, ‘त्यसबेला जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठा...









