२०८२ चैत्र ८

राजनीति

लुम्बिनी एमाले : आज मतदान हुँदै 

लुम्बिनी एमाले : आज मतदान हुँदै 

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा आज मतदान हुने भएको छ । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् । यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । ...
लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । "आज मतपत्र छाप्न समय लाग्याे । सुरक्षालगायतका कारणले पनि आज नगर्ने निर्णय भयाे," उनले भने । लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । यसअघि आजै साँझ ८ बजेबाट मतदान  हुने भनिएको थियो ।  ...
कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।  आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए । ...
कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो । अब मंगलबार प्रतिवादी कोसी सरकारका पक्षको बहस हुनेछ । बुधबारसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीपक्षका एक वकिलले बताए । ...
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्यविभाजन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरुको कार्यविभाजन गरेको हो । जसअनुसार प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई. देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ । बैठकले केन्द्रीय कार्यालयका पूर्वप्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रकृया र उपलब्ध कागजातहरु बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ । ...
संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

राजनीति
काठमाडौं । राज्य सञ्चालन निम्ति प्रमुख औजार मानिन्छ, कर्मचारीतन्त्रलाई ।  अझ २०७२ निर्मित संविधानसँगै मुलुक संघीय शासन पद्धतिमा हिँड्यो, त्यही पद्धतिअनुरुप संघीय पद्धतिलाई हिँडाउने महत्वपूर्ण औजार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ कानुनका हकमा सरकार– संसद्‍बाट चरम लापरवाही प्रदर्शित हुन पुग्यो ।  जसले गर्दा कर्मचारीतन्त्र भताभुंग चालामा चल्न बाध्य छन् । उक्त ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ विधेयक तीन वर्षसम्म संसद् र संसदीय समितिमा थन्कियो ।  दुई वर्षअघि संसदबाट सरकारले फिर्ता लियो । उसले उक्त विधेयक बेपर्वाह शैलीमा मन्त्रिपरिषद्‍मा अल्झायो । प्रधानमन्त्री पुष्पकमल दाहालले बल्ल–बल्ल मन्त्रिपरिषद्बाट पारित गराउँदै संसद्मा दर्ता गर्ने बताएका छन् ।  ‘‘उक्त विधेयकमा आवश्यक परिमार्जन गरी अन्तिम रुप दिइएको छ,’’ प...
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कतारका आवासीय र पेरु र कम्बोडियाका गैरआवासीय राजदूत हुन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी समेतको उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल र्‍याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । ...
राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराती

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बताए । सरकारले पर्यटन ऐनलाई समयसापेक्ष बनाउने गरी काम गरिरहेको बताए । मन्त्री किरातीले पर्वतारोहणको क्षेत्रको विकासका लागि आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए । पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताउँदै उनले पर्वतारोहण नियमावली संशोधन गर्दा आठ हजार मिटरमाथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको मह...
अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानुनमन्त्री गुरुङ

राजनीति
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरूबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे । सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए । उनले भने, "अब यो न्यायाधीश नियुक्त...
पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

राजनीति
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किरातीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए । मन्त्रीले पर्यटनसम्बधी नीतिहरू समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए । सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए । ...