२०८१ जेष्ठ ५

लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु  




काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । हिजो साँझ ८ बजेबाट मतदान हुने भनिए पनि हिजो मतपत्र छाप्न समय लागेपछि आज मात्रै मतदान सुरु भएको हो । 


Advertisement


लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेल प्रतिष्पर्धामा छन् । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । 



रुपन्देही, गुल्मी, दाङ, बाँकेबाहेक अन्य जिल्लाका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।  

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार पाँच पदाधिकारीका लागि १३ उमेदवार छन् । २०५ सदस्यीय कमिटी चयन हुनेछ । 

Copy link
Powered by Social Snap