२०८१ जेष्ठ ५

लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने




काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।


Advertisement


“आज मतपत्र छाप्न समय लाग्याे । सुरक्षालगायतका कारणले पनि आज नगर्ने निर्णय भयाे,” उनले भने ।

लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।



एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।

यसअघि आजै साँझ ८ बजेबाट मतदान  हुने भनिएको थियो । 

Copy link
Powered by Social Snap