२०८२ मंसिर २९

राजनीति

पुनरकर्जाको आवेदन दिने समय थपियो

पुनरकर्जाको आवेदन दिने समय थपियो

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । ५ प्रतिशत ब्याजदरमा १० करोडसम्म ऋण पाइने नेपाल राष्ट्रको पुनरकर्जाको लागि आवेदन दिने म्याद थप भएको छ । राष्ट्र बैंकले असोज १४ गतेसम्मका लागि यसअघि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म पुर्याएको हो ।  बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन, निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले यस्तो म्याद बढाइएको जनाएको छ । पुनकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका र कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायलाई ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिएको छ । अहिले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा र विशेष पुनरकर्जा गरी ३ प्रकारले कर्जा विभाजन गरी १० करोडसम्म कर्जा प्रवाह गर्नेगरी पुनरमर्जा कार्यविधि बनेको छ ।  Advertisement लघु, घरेलु तथा साना उद्यम पुनरकर्ज...
पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र (पूर्णपाठ)

पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र (पूर्णपाठ)

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमहामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर नेताहरुले देउवालाई हस्तान्तरण गर्नेगरी सो विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पार्टी विधानसम्मत सञ्चारन गरी १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न माग गरिएको छ ।  ‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विधानतः चार बर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर चार वर्षको कार्यकाल भित्र महाधिवेशनको कुनै तयारी भएन । हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, पत्रमा भनिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब चार वर्षको वैधानिक कार्यकाल...
‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

देश, राजनीति, समाचार
साभार: सेतोपाटी सरकारले कात्तिक १ गतेदेखि पदमार्ग खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल घुम्न आउन चाहेका छन्।  नेपालमा पदयात्रा खुलेको थाहा पाएर जर्मन नागरिक क्लज नेम्झाव र फ्रेन्च नागरिक जिन लुइसले नेपाल स्थित ट्रेकिङ एजेन्सीसँग परामर्श लिएका छन्।  पोखरास्थित इथिकल ट्रेकिङ एजेन्सी मार्फत उनीहरुले छिटो भन्दा छिटो आफूहरु मनास्लु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न चाहेको बताएका छन्। त्यसो त बंगलादेश र भियतनामका ट्राभल एजेन्सीले नेपालमा पर्यटक घुम्न पठाउन चाहेको इथिकल ट्रेकिङ एजेन्सीका संचालक कृष्ण आचार्य बताउँछन्।  ‘सरकारले पर्यटन क्षेत्र खुला गरेको सूचनासहित पर्यटक र विदेशी एजेन्सीले सोध्ने गरेका छन्’, आचार्यले भने, ‘खुला गरेको छ भनौं कि नभनौं दोधारमा परेका छौं।’  आचार्य दोधारमा पर्नुका केही कारण छन्। सरकारले अहिलेसम्म अन्तर्राष्ट्रिय उ...
साधारण खर्च घटाउने बेला भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रधानमन्त्री

साधारण खर्च घटाउने बेला भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारीमा प्रधानमन्त्री

देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । कोरोनाको कारण अर्थतन्त्र समस्यामा परेको बेला साधारण खर्च घटाउनुपर्ने समयमा प्रधानमन्त्री उल्टो मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् । २०७४ सालमा करिब दुईतिहाई मतसहित निर्वाचित भएका प्रधानमन्त्री ओलीले पार्टीभित्र भाग पुर्याउनको लागि मन्त्रालयको संख्या थप्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिलेको ऊर्जा तथा सिँचाई मन्त्रालय,उद्योग वाणिज्य आपूर्ति तथा भौतिक योजना मन्त्रालय तथा कृषि मन्त्रालयलाई फुटाउने तयारी भएको छ । संविधानले २५ वटा मन्त्री बनाउने सुविधा दिएको छ । अहिले २१ वटा मन्त्रालय छन् । जसमा २ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीले लिएका छन् । बसन्त नेम्वाङलाई भौतिक योजनासँगै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री सहित १९ वटा मन्त्री छन् भने ३ वटा राज्यमन्त्री रहेका छन् । ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । Advertisement प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए । ...
सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

देश, राजनीति, समाचार
Credit: OnlineKhabar १० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’ Advertisement शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका छन् । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांग...
केन्द्रलाई प्रदेश २ को अल्टिमेटम : एक साताभित्र प्रदेश प्रहरी परिचालनको अधिकार देऊ

केन्द्रलाई प्रदेश २ को अल्टिमेटम : एक साताभित्र प्रदेश प्रहरी परिचालनको अधिकार देऊ

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ९ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी खटनपटन आफूमार्फत गर्ने अधिकार दिन संघीय सरकारलाई एक साताको अल्टिमेटम दिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६ बनेको आठ महिना बित्दा पनि संघीय सरकारले कार्यान्वयनमा चासो नदिएको प्रदेश सरकारको गुनासो छ । ऐन कार्यान्वयन गर्न मौखिक रुपमा पटक–पटक ताकेता गरे पनि संघीय सरकारले चासो नदिएको मुख्यमन्त्री लालबाबु राउतले बताए । ‘हामी मौखिक ताकेता र विभिन्न भेटमा भनेका छौं, तर नसुनेझैं गरेको देखिन्छ’ राउतले अनलाइनखबरसँग भने । Advertisement गृहमन्त्रीलाई पठायो पत्र प्रदेश सरकारले शुक्रबार औपचारिक रुपमा केन्द्र सरकारका गृहमन्त्रीलाई पत्र पठाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन...
नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्ष बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

राजनीति, विदेश / एन.आर.एन, शिक्षा, समाचार
साभार: सेतोपाटी अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो। अहिले  विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ।   प्रस्तावित कानुनले ठगी कम गर्ने, राष्ट्रिय सुरक्षा बढाउने विभागको विज्ञप्तिमा उल्लेख छ। Advertisement भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने म...
मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा ओली–प्रचण्ड

मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा ओली–प्रचण्ड

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा लागेका छन् । त्यसका लागि दुई नेता लगातारभेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् । ‘दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको हो’,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘आजको छलफलपछि उहाँहरु टुङ्गोमा पुग्ने सम्भावना छ ।’ बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन । ‘मन्त्रिमण्डल पुनगर्ठनबारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको छ । छिटटै यसबारे उह...
काठमाडौँ उपत्यकामै पटके कर लगाएर नदी दोहन

काठमाडौँ उपत्यकामै पटके कर लगाएर नदी दोहन

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन् । वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का दिएको भनेपनि नदीको बालुवासमेत चोरी निकासी बढिरहेको छ । वाग्मती, मनोहरा, रुद्रमती, विष्णुमतीलगायत नदीको मुहानस्थलका दायाँबायाँका नगरपालिका क्षेत्रमा बालुवाका चाङ भेटिन्छ । अवैध रुपमा उत्खनन् गरिएको बालुवा राति ओसारपसार हुन्छ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बालुवाको यस्तो व्यापार हुने गरेको स्वीकार गर्दै यो विषय आफूले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा उठाए पनि सुधार हुन नसकेको स्वीकार्छन् । थप कुरा आफूलाई थाहा नभएकाले नगर प्रमुख सन्तोष चालिसेसँग सम्पर्क गर्न उनले सुझाव ...