२०८३ कार्तिक १२

कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

साभार: रातोपाटी

कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो ।

आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताए ।


Advertisement


सामुदायिक विद्यालयका प्रतिनिधि चन्द्रकान्त पण्डित, निजी विद्यालयका तर्फबाट पूर्ण रावल, नेपाल जेसीजको उपाध्यक्ष शोभा खरेललगायतले अहिलेको विषम परिस्थितिमा पनि सर्वसाधारणलाई कसरी सामाजीकरण गर्न सकिन्छ ? भन्नेबारे कृति केन्द्रित रहेको विचार व्यक्त गरे । लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा उत्कृष्ट कार्टुन निर्माण गरेका कलाकार मानन्धरले कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशमूलक सोचका साथ समाजमा केही सूचना वा शिक्षा प्रदानगर्न कृति प्रकाशन गरेको जानकारी दिए । 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap