२०८३ कार्तिक १२

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ : गगन थापा

साभार: रातोपाटी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।\

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् ।


Advertisement


थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् ।

पछिल्लो समय गुरू योजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा आन्दोलनमा छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap