२०८१ बैशाख १३

काँग्रेस नेता पौडेल आइसोलेसनमा

साभार: रातोपाटी

काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।

पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए ।

तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्। 


Advertisement


पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो ।

पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।

Copy link
Powered by Social Snap