२०८० चैत्र १५

कर्णालीका नयाँ प्रमुख सचेतकले बोलाइन् बैठक

साभार: रातोपाटी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन् ।

 सचेतक नेपालीले आफ्नो अधिकार प्रयोग गर्दै आगामी कार्तिक ७ गतेलाई बैठक बोलाएको रातोपाटीलाई जानकारी दिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर विरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशमा विवाद आइरहेका बेला नवनियुक्त प्रमुख सचेतकले बैठक बोलाएकी हुन् । 

यसअघि बर्खास्तीमा परेका प्रमुख सचेतक गुलावजंग शाहले अविस्वास प्रस्ताव आएलगत्तै असोज २७ मंगलबारलाई दलको बैठक बोलाएका थिए । अविश्वास प्रस्ताव आएलगत्तै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर नेपालीलाई नियुक्त गरेका थिए । 


Advertisement


कर्णाली नेकपामा देखिएको विवादले केन्द्रसम्मै तरंग ल्याएको छ । खासगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सिग्नलमा नेता यमलाल कँडेलले शाही विरुद्ध अविस्वास प्रस्ताव ल्याउन नेतृत्व गरेका थिए । 

कर्णालीमा अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेर विवाद मिलाउन आग्रह गरेका थिए । तर प्रचण्डले विवाद मिलाउने भन्दा पनि प्रदेशको मामला उतै मिल्छ भन्ने खालको जवाफ दिएका थिए । यसले गर्दा पूर्वमाओवादी पक्ष थप चिढिन पुगेको छ । 

कर्णालीमा आएको विवाद मिलाउन नेतृत्वले चासो नदेखाए बागमती र प्रदेश १ मा समेत समस्या आउन सक्ने नेकपा नेता कार्यकर्ताको आँकलन छ ।

Copy link
Powered by Social Snap