कुर्सी तोडफोडका बीच सभामुखले बैठक चलाए, सत्ता पक्षका सांसदले पनि बोल्न पाएनन्
साभार: रातोपाटी
बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ। सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । बलजफ्ती सभाुमखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए ।
प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले बबाल मच्चाउँदै होहल्ला जारी राखेपनि सभामुखले सांसदहरुलाई बोल्न दिएका छन् । तनावकै बीच केही सत्ता पक्षका सांसदहरुले आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव लगेपछि तनाव बढेको हो । सोही क्रममा आक्रोशित प्रमुख प्रत...









