नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी, कहाँबाट ल्याए ?
साभार: रातोपाटी
पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ ।
रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो ।
बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् ।
काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् ।
कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता...









