२०८१ बैशाख ७

खतिवडालगायतको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

साभार: रातोपाटी

काठमाडौं । सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

 जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।  

उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ । सूचनामा भनिएको छ, ‘उक्त पदमा उहँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवमु सबुद प्रमाणसहित मिति २०७७ कात्तिक १ गते कार्यालय समयभित्र यस समिति समक्ष उजुरी दिन सकिने व्यहोरा सूचित गरिन्छ ।’


Advertisement


सरकारले हालै  पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो । संसदीय समितिले सुनुवाइ सकेपनि राष्ट्रपतिले उनीहरुलाई राजदूत पदमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । पार्टीमा छलफल नगरी सरकारले गरेको सो नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाभित्रै असन्तुष्टि देखिएको छ ।

Copy link
Powered by Social Snap