२०८२ मंसिर २७

राजनीति

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने

देश, राजनीति, शिक्षा, समाचार
साभार: रातोपाटी त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो । उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ । यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ । Advertisement त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ । यता नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी...
वनमा जताततै भ्रष्टाचार, ८ वन अधिकृतमाथि कारवाही गर्न सिफारिस

वनमा जताततै भ्रष्टाचार, ८ वन अधिकृतमाथि कारवाही गर्न सिफारिस

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा जताततै अनियमितता, भ्रष्टाचार र किर्ते काम भएको भेटिएको छ ।  यस कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने गरेको भेटिएको हो ।  यसरी किर्ते कागजात तयार गर्ने कार्यहरूमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले कैलाली कञ्चनपुर कपिलवस्तु, नवलपुर, सिन्धुली लगायतका जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन र साझेदारी वन उपभोक्ता समूहका अधिकारी नै संलग्न देखिएकाले सबै दोषीमाथि छानब...
महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख होटलमा भेटिएपछि…

महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख होटलमा भेटिएपछि…

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए । त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका थिए । उनको साथमा एक युवती र अन्य केही व्यक्ति पनि थिए । Advertisement सोधपुछ गर्दा ती व्यक्तिले केही ‘गन्यमान्य’ व्यक्तिको नाम लिँदै प्रहरीलाई अभद्र व्यवहार गर्न खोजेपछि प्रहरी टोलीले सामान्य बल प्रयोग गर्दै खनतलासी लियो । उनको साथमा ११ लाख रुपैयाँ बरामद भयो । ‘ठूलो परिमाणमा रकम बरामद भएपछि उनी व्यापारी हुन् कि भन्ने लागेको थियो’, अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन् । उनले ...
हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

देश, राजनीति, समाचार
साभार: सेतोपाटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।  मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि २ दिन बिदा तथा भ्रमण भत्ता दिनका लागि लागत फाइदाको अध्ययन, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल बनाएको हो।  यसअघि यसरी भ्रमण भत्ता तथा हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरूमा भइरहेको अभ्यासका बारेमा अध्ययन गरी लागू गर्न सकिने वा नसकिने बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाइएको मन्त्रालयका प्रवक्तासमेत रहेका कमल भट्टराईले जानकारी दिए।  Advertisement 'विगतमा भएका निर्णय, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास, लाग...
भारतको संसदमा नेपालसँगको सम्वन्धबारे चर्काे बहस

भारतको संसदमा नेपालसँगको सम्वन्धबारे चर्काे बहस

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
Credit: OnlineKhabar ८ असोज, काठमाडौं । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भनी यतिबेला भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् । पछिल्लोपटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ । कोरोनाका कारण सिर्जित समस्यालाई दृष्टिगत गरी छोटो समयका लागि बोलाइएको संसदका दुवै बैठकमा पछिल्लो एक सातायता मोदी सरकारको नेपाललगायत अन्य मुलुकसँग बिग्रदो सम्बन्धबारे गर्मागर्मी बहस भइरहेको छ । Advertisement मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौ...
नेपाल र इजरायलबीच ‘जीटूजी’ श्रम सम्झौता हुने, महिलालाई अवसर

नेपाल र इजरायलबीच ‘जीटूजी’ श्रम सम्झौता हुने, महिलालाई अवसर

देश, राजनीति, समाचार
साभार: रातोपाटी नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद‍्को बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको  छ । Advertisement जीटूजी सम्झौतामार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  सरकारमार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविधा हुने उनले बताए । ...
सरकारले भन्यो : हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन

सरकारले भन्यो : हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन

देश, राजनीति, समाचार
Credit: OnlineKhabar ७ असोज, काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’ Advertisement अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । सञ्चारकर्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले ...
प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

प्रधानमन्त्रीको निर्देशन– नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

देश, राजनीति, शिक्षा, समाचार, सामाजिक
Credit: OnlineKhabar ६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको केन्द्रले जानकारी दिएको छ । पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थि...
नेकपा बैठक : संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

नेकपा बैठक : संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

देश, राजनीति, समाचार
साभार: रातोपाटी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको उनको भनाइ छ ।  Advertisement प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।  १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।  ...
सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद बैठक

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक ममन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद बैठक नियमित भएको पनि ती मन्त्रीको भनाइ छ । सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुनेछ । Advertisement  यसैबीच मंगलबारै नेकपाको सचिवालय बैठक पनि बस्दैछ । साढे १२ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो । नेकपा सचिवालय बैठकमा मन्...