२०८२ पुष ८

राजनीति

जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले शनिबार एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद सकिएको छ । Advertisement पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म कसैले स्पष्टीकरण बुझाएका छैनन् ।  अध्यक्ष ठाकुर अर्का अध्यक्ष यादवको प्रतिक्रियाको प्रतीक्षामा छन् । यादवको प्रतिक्रियाको आधारमा जवाफ दिने तयारीमा रहेको उनीनिकट एक नेताले रातोपाटीलाई बताए । अध्यक्ष ठाकुर आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा पुगेर आफू निकट नेताहरुसँग छलफल गरेका थिए । ४ बजेसम्म कुनै पत्र नआएपछि उनी ...
रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य  अवस्था अत्यन्तै गम्भीर

रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

देश, राजनीति, समाचार
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् ।  Advertisement उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’ केहीदिन पहिले कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनको उपचारका लागि देश बिदेशमा रहेका नेपालीहरुले ५० लाख रुपैया सहयोग गरेका छन् । साभार: रातोपाटी ...
मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

देश, राजनीति
लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका छन्। पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो। निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले सेतोपाटीलाई जानकारी दिए। योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्। Advertisement 'पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप ४ जना सांसदलाई पूरक मतदाताको रूपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कूल मतदाता संख्या ८३ पुगेको हो,’ कुँवरले भने। यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई क...
शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

देश, राजनीति, समाचार
बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् । Advertisement प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ । बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो ।  सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।  उक्त बैठकले सांसद् चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ ।  साभार: रातोपाटी ...
प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

प्रधानन्यायाधीशले सोधे– संवैधानिक इजलासमा नबस्न मलाई पनि नैतिक दबाब परेको हो ?

देश, राजनीति, समाचार
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्नु ठिक र कुन न्यायाधीश बस्न अनुचित भनेर आफूहरुले पक्ष वा विपक्षको आधारमा भन्दा पनि अदालतको विश्वसनीयता कायम राख्ने एकमात्र स्वार्थबाट प्रेरित भएर बहस गर्नुपरेको तर्क गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएकोमा केही कानुन व्यवसायीले बिरोध जनाएपछि आइतबार यससम्बन्धमा बहस गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक घण्टा समय तोकेका हुन् । Advertisement सोही अनुसार बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘म यहाँ इजलासको विपक्षी भएर बहस गरिरहेको छैन, श्रीमानहरुको बारेमा पब्लिकले के भनेको छ, के असर परेको छ भनेर हामीले कुरा राखेकोमात्र हो ।’ न्यायाधीशहरूमाथि सार्वजनिक रुपमा आरोप लागेको अवस्थामा अदालतको विश्वसनीयता कायम राख्नका लागि स्वार्थ बाझ...
ओलीले बोलाए एमाले स्थायी समिति बैठक

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

देश, राजनीति, समाचार
नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । आइतबार साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । Advertisement एमाले नेताहरुका अनुसार यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुनेछ । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् । स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ । साभार: रातोपाटी ...
रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ बढ्ने

रक्सी र चुरोटमा लाग्ने अन्तःशुल्क वृद्धि, बजार भाउ बढ्ने

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिएका हुन् । ‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उनले भने, ‘मदिरा,  बियर,  वाइन,  चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छु ।’ Advertisement यसले अब रक्सी, बियर तथा चिसो पेय पदार्थ साथै चुरोट लगायतका सुर्तीजन्य पदार्थको बजार मूल्य समेत बढ्नेछ । यसैगरी छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइने अर्थमन्त्री पौडेलले बताएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भएका ...
विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, खानेपानी र विजुलीमा छुट

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीका बेला समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, खाद्यान्नलगायतका विषयमा सहुलियत घोषणा गरेको हो । Advertisement नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले गार्हस्थ्य उपभोक्‍तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिई निःशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको बिक्री मुल्यमा २० प्रतिशत छुट दिएको छ । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्‍तामध्य...
अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

देश, राजनीति, समाचार
अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो ।  Advertisement पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।  उनले गैर कानुनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताएका छन् । साभार: रातोपाटी ...
गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

देश, राजनीति, समाचार
१५ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । Advertisement गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएका छन् । गणतन्त्र प्राप्तिका लागि ज्यानको आहूति दिने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै राउतले शुभकामना सन्देशमा भनेका छन्, ‘शहीदहरुले देखाउनुभएको बाटोमा हिंड्न प्रदेश सरकार सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’ Credit: OnlineKhabar ...