२०८१ बैशाख ११

आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्।

खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन्।


Advertisement


स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्। 

 नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ। 

यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।  जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहलाई लिएर गरिएको उक्त मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छन्। 

Copy link
Powered by Social Snap