२०८२ पुष ८

राजनीति

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा सहभागी नेता जयन्ती राईका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् । केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो । Advertisement ‘हामी पनि एकताको विपक्षमा छैनौं । तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने धेरैजसो सहभागीहरुले सुझाव दिएका छौं,’ राईले भनिन् । बैठकमा अध्यक्ष ओली निक...
समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

देश, राजनीति, समाचार
१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । Advertisement प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने प्रावधान छ । तर सरकारले बजेट पेश गर्ने मिति असार १ को १५ दिनअघि प्रदेशसभा अधिवेशन नबोलाएपछि ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीका अनुसार कार्यविधिमा उल्लेख भएको १५ दिनअघि छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ । कोरोना महामारीका कारण तोकिएको समयमा प्रदेशसभामा छलफल गर्न सक्ने अवस्था नरहेकाले...
संसद विघटनबारे वक्तव्यबाजी नगर्न एमालेका जनसंगठनहरुको चेतावनी

संसद विघटनबारे वक्तव्यबाजी नगर्न एमालेका जनसंगठनहरुको चेतावनी

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यबाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने भन्‍दै  बदनियत राखेर वक्तव्यबाजी नगर्न चेतावनी दिएका हुन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको हामी घोर निन्दा र भत्सर्ना गर्दै यस्ता हर्कत बारम्बार नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ । केही दिन अगाडि चार पूर्वप्रधानन्यायाधीशले वक्तव्य जारी गरेका थिए । Advertisement तर वक्तव्यमा पूर्वप्रधानन्यायाधीश भनेर प्रष्ट लेखिएको छैन ।  ‘…राज्यका अत्यन्त महत्वपूर्ण र शीर्ष स्थानमा रही सेवा निवृत्ति भएका केही व्यक्तिाहरुले समेत आफ...
एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । Advertisement एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन । ७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए । संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहर...
ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ। Advertisement नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ। उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्। यस्तो छ थापाको भनाइ: संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहा...
सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

देश, राजनीति, समाचार
१८ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । Advertisement मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी, राज्यमन्त्रीहरु चुनकुमारी देवी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज तथा एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीले मंगलबार एक विज्ञप्ति जारी गरी आफूहरुलाई कारबाहीका लागि लेखेको पत्रमा उल्लेखित कुरा पूर्वाग्रहपूर्ण, निराधार र भ्रमपूर्ण भएको बताएका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर...
ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

देश, राजनीति, समाचार
१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । Advertisement संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेपनि बोहराले दिएका छैनन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् । पुनः प्रदेशसभा दलको निर्णयको उल्लंघन गरेमा थप कारवाही हुने चेतावनी दिइएको छ । बोहराले गत बुधबार बसेको प्रदेशसभा संसदीय दलले स्थायी कमिटीको निर्देशन विपरीत निर्णय गरेको भन्दै ...
कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

देश, राजनीति, समाचार
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान कार्यकारी सरकारले खोप माग्ने निहुँमा आलंकारिक राष्ट्रपतिलाई अघि सारेको भन्दै आपत्ति जनाएकी छन् । मन्त्रिपरिषदले सम्बद्ध देशका राष्ट्रपतिलाई पत्राचार गरी कूटनीतिक पहलबाट खोप तथा आवश्यक अन्य औषधिको व्यवस्था गर्नुपर्नेमा विभिन्न देशका राष्ट्रपतिलाई फोन गर्न लगाउनु आपत्तिजनक भएको नेतृ संग्रौलाले बताइन् । आलङ्कारिक राष्ट्रपतिलाई सरकारले कोभिड–१९ विरुद्धको खोपको बहाना बनाएर अघि सार्न लागेको बताइन् । खोप माग्न लगाएर विश्वका राष्ट्रपतिहरूसँग अनुनय बिनय गर्दै भीख माग्नेजस्तो रुपमा राष्ट्रपतिलाई अघि सारेर कार्यकारी सरकार रमिते बनेको भन्दै उनले सरकारको यस कार्यको विरोध गरिन् । Advertisement 'संविधानको कुन धाराले सरकार र राष्ट्रपतिलाई यो अधिकार दिएको छ ? यस्तो महामारीको अवस्थामा सरकारले हो खोपको व्यव...
दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

देश, राजनीति
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेका छन्। केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए। उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए। प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखे। Advertisement उनले यस्तो मत राखेपछि कार्की र भट्टराईले यो विषयमा निर्णय गर्न संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै १३ न्यायाधीशको बैठक राखेर छलफल गर्नुपर्ने माग गरेका थिए। उक्त मागलाई राणाले इन्कार ग...
यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

देश, राजनीति, समाचार
सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । Advertisement साभार: रातोपाटी ...