२०८२ चैत्र १५

राजनीति

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ। Advertisement नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ। उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्। यस्तो छ थापाको भनाइ: संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहा...
सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

देश, राजनीति, समाचार
१८ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । Advertisement मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी, राज्यमन्त्रीहरु चुनकुमारी देवी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज तथा एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीले मंगलबार एक विज्ञप्ति जारी गरी आफूहरुलाई कारबाहीका लागि लेखेको पत्रमा उल्लेखित कुरा पूर्वाग्रहपूर्ण, निराधार र भ्रमपूर्ण भएको बताएका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर...
ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

देश, राजनीति, समाचार
१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । Advertisement संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेपनि बोहराले दिएका छैनन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् । पुनः प्रदेशसभा दलको निर्णयको उल्लंघन गरेमा थप कारवाही हुने चेतावनी दिइएको छ । बोहराले गत बुधबार बसेको प्रदेशसभा संसदीय दलले स्थायी कमिटीको निर्देशन विपरीत निर्णय गरेको भन्दै ...
कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

देश, राजनीति, समाचार
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान कार्यकारी सरकारले खोप माग्ने निहुँमा आलंकारिक राष्ट्रपतिलाई अघि सारेको भन्दै आपत्ति जनाएकी छन् । मन्त्रिपरिषदले सम्बद्ध देशका राष्ट्रपतिलाई पत्राचार गरी कूटनीतिक पहलबाट खोप तथा आवश्यक अन्य औषधिको व्यवस्था गर्नुपर्नेमा विभिन्न देशका राष्ट्रपतिलाई फोन गर्न लगाउनु आपत्तिजनक भएको नेतृ संग्रौलाले बताइन् । आलङ्कारिक राष्ट्रपतिलाई सरकारले कोभिड–१९ विरुद्धको खोपको बहाना बनाएर अघि सार्न लागेको बताइन् । खोप माग्न लगाएर विश्वका राष्ट्रपतिहरूसँग अनुनय बिनय गर्दै भीख माग्नेजस्तो रुपमा राष्ट्रपतिलाई अघि सारेर कार्यकारी सरकार रमिते बनेको भन्दै उनले सरकारको यस कार्यको विरोध गरिन् । Advertisement 'संविधानको कुन धाराले सरकार र राष्ट्रपतिलाई यो अधिकार दिएको छ ? यस्तो महामारीको अवस्थामा सरकारले हो खोपको व्यव...
दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

देश, राजनीति
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेका छन्। केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए। उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए। प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखे। Advertisement उनले यस्तो मत राखेपछि कार्की र भट्टराईले यो विषयमा निर्णय गर्न संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै १३ न्यायाधीशको बैठक राखेर छलफल गर्नुपर्ने माग गरेका थिए। उक्त मागलाई राणाले इन्कार ग...
यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

देश, राजनीति, समाचार
सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । Advertisement साभार: रातोपाटी ...
जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले शनिबार एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद सकिएको छ । Advertisement पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म कसैले स्पष्टीकरण बुझाएका छैनन् ।  अध्यक्ष ठाकुर अर्का अध्यक्ष यादवको प्रतिक्रियाको प्रतीक्षामा छन् । यादवको प्रतिक्रियाको आधारमा जवाफ दिने तयारीमा रहेको उनीनिकट एक नेताले रातोपाटीलाई बताए । अध्यक्ष ठाकुर आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा पुगेर आफू निकट नेताहरुसँग छलफल गरेका थिए । ४ बजेसम्म कुनै पत्र नआएपछि उनी ...
रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य  अवस्था अत्यन्तै गम्भीर

रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

देश, राजनीति, समाचार
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् ।  Advertisement उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’ केहीदिन पहिले कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनको उपचारका लागि देश बिदेशमा रहेका नेपालीहरुले ५० लाख रुपैया सहयोग गरेका छन् । साभार: रातोपाटी ...
मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

देश, राजनीति
लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका छन्। पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो। निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले सेतोपाटीलाई जानकारी दिए। योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्। Advertisement 'पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप ४ जना सांसदलाई पूरक मतदाताको रूपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कूल मतदाता संख्या ८३ पुगेको हो,’ कुँवरले भने। यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई क...
शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

देश, राजनीति, समाचार
बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् । Advertisement प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ । बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो ।  सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो ।  उक्त बैठकले सांसद् चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ ।  साभार: रातोपाटी ...