२०८२ पुष ८

राजनीति

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् । गौतमले गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् । Advertisement गौतमले लेखेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्...
निर्धारित समयमा निर्वाचन हुन्छ, चुनाव हुँदैन भ्रममा नपर्नू : प्रधानमन्त्री

निर्धारित समयमा निर्वाचन हुन्छ, चुनाव हुँदैन भ्रममा नपर्नू : प्रधानमन्त्री

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गरेका छन्। गणतन्त्र दिवस-२०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको बताएका हुन् । सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको दाबी गरे। उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ,’ उनले दोहोर्‍याए।  'मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु ए...
पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ । यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ । Advertisement प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो । सरकारी र निजी अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो भन्दै कांग्रेसले दायित्व निर्वाह नगर्दा भएका गम्भीर घटनाहरुको जिम...
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । Advertisement आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताएको छ । अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् । Credit: OnlineKhabar ...
प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । Advertisement संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । Credit: OnlineKhabar ...
ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा छ: देउवा

ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा छ: देउवा

देश, राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। यो कुरा आज देउवाले विज्ञप्ति निकालेर उल्लेख गरेका हुन्। Advertisement ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’ उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्। उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्। हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुन: ध्यानाकर्षण गराएका छन्। ...
प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकलाई प्रधानन्यायाधीशका ४ प्रश्न

प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकलाई प्रधानन्यायाधीशका ४ प्रश्न

देश, राजनीति
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पहिलो सुनुवाइपछि तिनलाई संवैधानिक इजलासमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले यी रिटहरूमा संविधानको गम्भीर व्याख्या गर्नुपर्ने देखिएको भन्दै संवैधानिक इजलास पठाएको हो। प्रधानमन्त्री र राष्ट्रपतिका निर्णयविरूद्ध रिट लिएर आएका निवेदकहरूको बहस सुनेका प्रधानन्यायाधीश जबराले बिहीबार उनीहरूलाई मुख्य चार प्रश्न सोधे। ती प्रश्न राष्ट्रपतिको अधिकार, विश्वासको मत लिने आधार नदेखे राजीनामा कसरी गर्ने र धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलीय समर्थन हुनुपर्छ कि पर्दैन भन्नेबारे थिए। रिट निवेदकहरूले धारा ७६-३ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले शपथ नलिइकन वा राजीनामा नदिइकन नयाँ सरकार गठनको आह्वान गर्ने, त्यसमाथि बहुम...
काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो । ...
पौडेललाई देउवाको जवाफ- महाधिवेशन नगरेर मलाई कलंकको टीका लगाउनु छैन

पौडेललाई देउवाको जवाफ- महाधिवेशन नगरेर मलाई कलंकको टीका लगाउनु छैन

देश, राजनीति
नेपाली कांग्रेसमा कोरोना महामारीबीच नै कसरी महाधिवेशन गर्ने भन्ने बहसले ठाउँ पाएको छ। महाधिवेशन आउन अब दुई महिनामात्रै बाँकी छ। कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने घोषणा गरेको थियो। तर महाधिवेशनका मतदाता अझै निश्चित भइसकेको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याएपछि तिनै क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि चुन्छन् र उनीहरू नै महाधिवेशनका मतदाता हुन्छन्। १० लाख क्रियाशील सदस्य बनाउने तयारी गरेको कांग्रेसले अहिलेसम्म ७ लाख हाराहारीमा क्रियाशील सदस्यको नाम टुंगो लगाएको छ। प्रदेश नम्बर २ का अधिकांश जिल्ला र सिन्धुपाल्चोकमा क्रियाशील सदस्यताका काम धमाधम अगाडि बढेका छैनन्। महाधिवेशन कसरी गर्ने भन्नेबारे आज प्रेस युनियनले गरेको ३१ औं स्थापना दिवसमा पनि कुरा उठ्यो। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई ...
कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताएका छन्। झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको उनको भनाइ थियो। साथै प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गरेका छन्। ‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भने। Advertisement उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा...