२०८१ बैशाख १७

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । 

संवैधानिक इजलासमा प्रधान न्यायाधीशको नेतृत्वमा पाँचजना न्यायाधीश छन् । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाई शुरु भएको हो । 


Advertisement


आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट बाहेक हुने वा नहुने भन्नेबारे राय दिनेछन् । इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । 

सरकार पक्षका कानुन व्यवसायीले वैशाख जेठ १८ मा कार्की र भट्टराईले आफुलाई बाहेक गर्ने निर्णय गरेको हुनाले फेरी सुनुवाइमा सहभागी नहुन दबाव दिएका थिए ।  

विघटन बिरुद्ध परेका ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे संवैधानिक इजलासले निर्णय गर्नेछ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap