२०८० चैत्र १५

कानुनविपरीत कुनै काम नगर्न गण्डकी प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको ध्यानाकर्षण

गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेट गरेका छन् । बुधबार प्रदेशसभामा विपक्षी काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख पौडेललाई भेट गरेका हुन् ।

यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गरेको थियो.। तर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्ति आएपछि त्यसैलाई आधार मानेर प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त नगरेको प्रति विपक्षी दलले ध्यानाकर्षण गराएको बताएका छन् ।


Advertisement


बिहीबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदै छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विपक्षी दलहरुले प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा रहेका राष्ट्रिय जनामोर्चाका सांसद खिमविक्रम शाहीका वारेमा पहिले जसरी फेरि पनि फर्जी विज्ञप्ति आउन सक्ने भन्दै त्यसबारे प्रदेश प्रमुखलाई ध्यानकर्षण गराएको सांसद दीपक कोइरालाले बताए ।

उनले प्रदेश प्रमुखसमक्ष पहिले जस्तो कानुन विपरितका क्रियाकलाप नगर्न समेत आग्रह गरेको बताए । ‘हामीले प्रदेश प्रमुखलाई भेटेर कानुनसम्मत रुपमा अगाडी बढ्न आग्रह ग¥यौँ,’ उनले भने । ‘भोलि मुख्यमन्त्रीविरुद्ध ३१ सांसदको हस्ताक्षरसहित उपस्थित हुने जानकारी विपक्षी गठबन्धका तर्फबाट राख्यौँ ।’

सांसद कोइरालाले कुनै कारण विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बन्ने अवस्था नआएका अवस्थामा मध्यावधि निर्वाचन हुने निश्चित रहेको बताए । यदि मध्यावधि निर्वाचनमा जाने अवस्था आएको खण्डमा विपक्षी गठबन्धनबीच तालमेल गर्नेबारे पनि दलबीच मोटामोटी सहमति भएको सांसद कोइरालाले बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap