२०८१ जेष्ठ ७

राजनीति

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना नेकपा एकीकृत समाजवादी पार्टीमा

देश, राजनीति, समाचार
रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमिति सदस्यमध्ये ६१ जना नेकपा एकीकृत समाजवादीमा आउनु पार्टी नै विलय सरह भएको बताए । Advertisement उनले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेर नयाँ दल गठन गरिएको भन्दै नेकपा एकीकृत समाजवादीप्रति कार्यकर्ताहरूको आकर्षण बढेको बताए । माधवकुमार नेपालको अध्यक्षतामा गठन भए...
संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा

संवैधानिक अङ्गमाथि कब्जाको नीतिले प्रजातन्त्र धरापमा : कमल थापा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र नै धरापमा परेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले प्रजातन्त्रलाई नै कमजोर पार्ने गरि राजनीतिक पार्टीहरू संवैधानिक अंग कब्जा गर्ने नीतिमा लागेको आरोप लगाए । उनले हरेक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कानुनी राज्यको उपहास र दुरुपयोग भएको बताए । सरकारबाटै यस्तो हुनु नाजायज काम भएको भन्दै उनले आम जनताले यसको नियन्त्रणका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए । Advertisement अध्यक्ष थापाले राजनीति समाजसेवाभन्दा पनि व्यापारको रुपमा चलिरहेको भन्दै चिन्ता व्यक्त गरे । राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताए । व...
गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

राजनीति
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।  Advertisement गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको हो। छलफल सकारात्मक भएको छ।  ...
एमाले उपाध्यक्ष वामदेव गौतमले छाडे पार्टी

एमाले उपाध्यक्ष वामदेव गौतमले छाडे पार्टी

राजनीति
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। Advertisement गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए। 'उहाँले पार्टीबाट राजीनामा दिनुभयो। अबको योजना के हो भन्नेबारे मलाई केही थाहा छैन,' टमाटाले भने। २०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो। कानुनी रूपमा विभाजन नभए पनि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली एकातिर थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र व...
दस बुँदे सहमति कार्यान्वयनका लागि एमालेमा जटिलता, माधव नेपाल छोडेकालाई थाहा नदिई पिपिएलएको भेला

दस बुँदे सहमति कार्यान्वयनका लागि एमालेमा जटिलता, माधव नेपाल छोडेकालाई थाहा नदिई पिपिएलएको भेला

राजनीति
दस बुँदे सहमतिअनुसार २०७५ जेठ २ को संरचनामा पार्टीलाई फर्काउने निर्णय भए पनि नेकपा एमालेको भातृ संस्थामा त्यसको प्रभाव देखिएको छैन। Advertisement एमाले निकटको पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) ले माधव नेपाल समूह छोडेकाको सहमतिबिनै आफ्नो भेला राखेका छन्। शुक्रबार २ बजे हुने पिपिएलएको भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।  पिपिएलएको अध्यक्ष माधव नेपाल समूह छोडेका रूद्र नेपाल हुन्। आफूहरूलाई थाहा नदिइकन भेला गरिएको भन्दै नेपालले भेला नरोकिए यसले संगठनमा विभाजन ल्याउने चेतावनी दिए। 'संगठनका इन्चार्ज रघुजी पन्त र मलाई थाहा नदिइकन भेलाको आयोजना गरिएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउन खोजिएको हो भने अध्यक्ष आउनुहुन्न,’ उनले भने, ‘अध्यक्ष आउनुभयो भने यसले संगठनमा फेरि विवाद आउँछ। आजको भेला...
वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

राजनीति
वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्। Advertisement आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगिसकेको बताए। देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्। कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ। भदौ २७ मा गाउँ/नगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ।  ...
तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

राजनीति
अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। Advertisement अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार  तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ। एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ। तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए। अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए। २० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफ...
वडा अधिवेशनको संघारमा कांग्रेसको आग्रह- मास्क लगाऔं न ल!

वडा अधिवेशनको संघारमा कांग्रेसको आग्रह- मास्क लगाऔं न ल!

राजनीति
नेपाली कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ। देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसले केही कारणले भदौ १८ मा अधिवेशन गर्न नसके अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतहरूलाई नै दिएको छ। Advertisement अधिकांश जिल्लामा भदौ १८ मै वड अधिवेशन हुनेछ। केही वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति बनिसकेका पनि छन्।  कोरोना महामारीकै बीच पनि कांग्रेसले महाधिवेशन अगाडि बढाएको छ। भिडभाड र समाजिक दूरी कायम गर्न आग्रह गरेको कांग्रेसले मास्क अभियान पनि सुरू गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वडा अधिवेशनको मुखमा भिडिओ जारी गर्दै 'मास्क लगाऔं न ल' भन्ने आग्रह गरेको छ। प्रवक्ता शर्माले पनि कोरोनाविरूद्ध खोप अभियान जारी रहेको बताएका छन्। ‘खोप नै...
कर्णालीका तीन सांसदले नेकपा समाजवादी पक्षमा सनाखत गर्ने

कर्णालीका तीन सांसदले नेकपा समाजवादी पक्षमा सनाखत गर्ने

देश, राजनीति, समाचार
कर्णाली प्रदेशका तीन जना सांसद नेकपा (एकीकृत समाजवादीमा) खुलेका छन् ।   प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम),  मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । Advertisement उनीहरुले  बुधबार (आज) नै निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताएका छन्।    समग्र प्रदेशमा एमालेको विभाजन भएपछि  नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही केन्द्रीय समितिमा समेत रहेका छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षका ९ सांसद रहेका थिए ।  जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही ...
यसैपालि क्रियाशील सदस्य बनेकाहरू कांग्रेसका कुन-कुन पदमा उठ्न पाउँछन्?

यसैपालि क्रियाशील सदस्य बनेकाहरू कांग्रेसका कुन-कुन पदमा उठ्न पाउँछन्?

राजनीति
यसैपालि नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेकाहरूले पार्टीका विभिन्न तहमा उम्मेदवारी दिन पाउने भएका छन्। कांग्रेसले क्रियाशील सदस्य लिएको निश्चित वर्ष पुगेपछि मात्रै विभिन्न पदमा उठ्न पाउने विधान बनाए पनि १५ औं महाधिवेशनका लागि ती विधानका व्यवस्था निलम्बन गरिएका छन्। Advertisement २०७७ फागुन ६ र २०७८ साउन ३० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यको अवधि सम्बन्धी विधानको व्यवस्था बाधा अड्काउ फुकाउबाट निलम्बन गरिएका छन्। अब कांग्रेसका तल्ला तहका अधिवेशनमा सभापति, पदाधिकारी, सदस्य र माथिल्लो तहमा प्रतिनिधि आउनका लागि उम्मेदवार बन्न विधानले छेक्दैन। पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि हुनुपर्ने विधानमा व्यवस्था भए पनि तल्ला तहका लागि त्यो व्यवस्था निलम्बन भएका छन्। तर पार्टीको केन्द्रीय सभ...