२०८२ चैत्र १७

राजनीति

एमसीसीबारे महराले भने– मुलुकमा अर्को जटिल परिस्थित आयो

एमसीसीबारे महराले भने– मुलुकमा अर्को जटिल परिस्थित आयो

देश, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले  एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ।’ Advertisement उनले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम भने हुन नसकेको टिप्पणी गरे ।  महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । यही अधिवेशनबाट नयाँ बजेट ल्याउने तयारी भएको उनको भनाइ छ ।  ‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ,’ महराले भने, ‘नयाँ बजेटको तयारी...
माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

देश, राजनीति, समाचार
नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन ।  Advertisement आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।...
कांग्रेसका तीन तन्नेरी महिला सभापति भन्छन्- राजनीति छोड्ने हैन, केही गरेर देखाउने हो

कांग्रेसका तीन तन्नेरी महिला सभापति भन्छन्- राजनीति छोड्ने हैन, केही गरेर देखाउने हो

राजनीति
कर्णाली प्रदेश र सुदूरपश्चिमको अछाम जिल्लामा गरी तीन महिला नेपाली कांग्रेको वडा सभापतिमा निर्वाचित भएका छन्।  भदौ १८ गते भएको वडाको महाधिवेशनमा यी तीन महिला सभापति चुनिएका हुन्। तीनै महिला सभापति २६ वर्ष मुनिका तन्नेरी छन्।  यी तीनमध्ये सबैभन्दा कान्छी छिन् १९ वर्षीय स्वस्तिका महत। उनी भदौ १८ गते भएको वडा अधिवेशनमा दुल्लु नगरपालिका–३ को वडा सभापतिमा चयन भएकी हुन्। राजनीति पृष्ठभूमिकै परिवारमा हुर्किएकी स्वस्तिकाले राजनीतिमै केही गर्ने सपना पालेको बताउँछिन्।  Advertisement घरकै वातावरणका कारण राजनीतिमा लाग्ने इच्छा उनलाई जागेको थियो। उनका बुवा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए। अघिल्लो अधिवेशनबाट कांग्रेसको जिल्ला कार्यसमितिको उपसभापति बनेका स्वस्तिकाका बुवा भुपेन्द्रजंग महतको दुई वर्षअघि मृत्यु भएको थियो। ‘मेरो बुवा ल...
नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

देश, राजनीति, समाचार
नेकपा एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बसेको बैठकमा खासगरी कार्यालय व्यवस्थापन र नेताहरुको कार्यविभाजनमा केन्द्रीत रहेर छलफल भएको सचिवालय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए । सचिवालय गठनपछि पहिलो बैठक बसेको हो । पार्टीका आन्तरिक विषयमा केन्द्रीत रहेर छलफलहरु भए’, श्रेष्ठले भने, ‘खासगरी कार्यलय व्यवस्थापन र नेताहरुको भर्खरै भएको कार्यविभाजन लगायतमा छलफल भयो ।’ Advertisement त्यस्तै उनले पार्टीले गर्नुपर्ने तत्कालका कामका बारेमा र छिटै हुने सम्मेलनका बारेमा छलफल भएपनि सार्वजनिक गर्ने निर्णयहरु नभएको बताए । नेकपा एकीकृत समाजवादीको केही दिनअघि बसेको स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरु, विभिन्न विभाग र दस्तावेज मस्यौदा समिति र केन्द्रीय सचिवालय गठन गरेको थियो । सचिवालयको प्रमुख  बेदुराम भुसाल ...
नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी, दैनिक कार्य सम्पादनको जिम्मा वेदुराम भुसाललाई

नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी, दैनिक कार्य सम्पादनको जिम्मा वेदुराम भुसाललाई

राजनीति
नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन भएको छ। एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको हो। Advertisement स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्। एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ। भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्। पद नखुलाइएको भए पनि भुसाल महासचिवको भूमिकामा रहने देखिएको छ। त्यस्तै एकीकृत समाजवादीले सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ। प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्म...
मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

देश, राजनीति, समाचार
गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।  नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’ Advertisement मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हा...
म्यानमारसँग चीनले घोषणा गर्‍यो नयाँ व्यापारिक मार्ग

म्यानमारसँग चीनले घोषणा गर्‍यो नयाँ व्यापारिक मार्ग

राजनीति
चीनले म्यानमार हुँदै हिन्द महासागरसम्म पुग्ने जमिनको बाटोबाट नयाँ व्यापारिक मार्गको घोषणा गरेको छ। साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुसँग रेल र सडकमार्फत् हिन्द महासागरसम्मको व्यापारिक मार्गमा केही समयअघि परीक्षणका रूपमा सामानहरू पठाइएको छ। Advertisement सिंगापुरबाट समुद्री मार्ग हुँदै ६० कन्टेनर सामान म्यानमारको यंगुन बन्दरगाहमा आइपुगेका थिए। त्यहाँबाट गाडीमा राखेर सामानलाई चीन-म्यानमार सीमाको  लिन्साङसम्म पुर्‍याइएको थियो। लिन्साङदेखि छेन्दुसम्म सामानको ढुवानी रेलबाट गरिएको थियो। ‘यो मार्गले सिंगापुर, म्यानमार र चीनलाई जोड्दछ। जमिन र समुद्रले दक्षिण पश्चिम चीनलाई हिन्द महासागरसँग जोड्ने यो सबैभन्दा सजिलो मार्ग हो,’ चाइना न्युज सर्भिसले भनेको छ,‘समुद्रको रूटभन्दा एकतर्फी यात्...
जुनसुकै समूहबाट छानिए पनि कांग्रेस प्रतिनिधि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

जुनसुकै समूहबाट छानिए पनि कांग्रेस प्रतिनिधि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न अहिले धमाधम वडा अधिवेशन गर्दैछ। भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्। Advertisement वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्। वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्। कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’ भदौ २७ अगा...
प्रतिगमनकारीबाट जनताका उपलब्धि खतरामा पर्ने देखियो : गुरुङ

प्रतिगमनकारीबाट जनताका उपलब्धि खतरामा पर्ने देखियो : गुरुङ

देश, राजनीति, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छद्द् । Advertisement  पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकमा सो पार्टीका प्रमुख सचेतकसमेत रहेका उनले भने, “जनताले लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउन सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।”  त्यस्तै पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारका सदस्यलाई निःशुल्क उपचार गरिने बताइन् । उनले स्तन, पाठेघर क्यान्सरलगायत रोग लागेका नागरिकको पनि निःशुल्क उपचार गर्ने बताइन् । माओवादी केन्द्र मध्यनेपाल नगर कमिटीका अध्यक्ष रामचन्...
मुख्यमन्त्री भीम आचार्यकै नगर र वडाका एमाले नेताहरू एकीकृत समाजवादीमा

मुख्यमन्त्री भीम आचार्यकै नगर र वडाका एमाले नेताहरू एकीकृत समाजवादीमा

राजनीति
जसरी पनि बहुमत जुटाउने भन्दै प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यलाई उनकै वडाका जनप्रतिनिधि र नगरका नेताहरूले साथ छाडेका छन्।  एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि संसदमा अल्पमतमा परेका आचार्यलाई गृहनगर इनरुवामा पनि धक्का लागेको छ।  लामो समयदेखि उनलाई साथ दिँदै आएका इनरुवा–६ का वडाध्यक्षसहितका केही जनप्रतिनिधि र एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा खुलेपछि वडामै आचार्य एक्लिएका हुन्।  Advertisement शनिबार नेकपा एकीकृत समाजवादीले इनरुवामा नगरस्तरीय भेलाको आयोजना गरेको थियो। जहाँ आचार्यका लामो समयदेखिका विश्वासपात्रहरू उपस्थित रहेर आफूहरू एकीकृत समाजवादीमा रहने घोषणा नै गरे।  इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी आचार्यको साथ छाडेर एकीकृत समाजवादीमा लागेका छन्। आचार्यका छिमेकीसमेत रहेका अधिकारीले आइतबार एकीकृत समा...