२०८२ चैत्र १७

राजनीति

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

राजनीति
जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्। सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ। उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ। Advertisement जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारे। प्रधानमन्त्री सुगाले भने,'निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरूमध्ये मैले कुनै उम्मेदवारको प...
उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

देश, राजनीति, समाचार
सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताकुमारी यादवले आफ्नै गाउँपालिकाबाट सूचना उपलब्ध नगराइएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएकी छन् । पटक पटक लिखित रुपमा माग गर्दा पनि आफूलाई सूचना नदिइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर सिडिओसमक्ष निवेदन दिएकी हुन् । उपाध्यक्ष यादवले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र लेखेको छ । उपाध्यक्ष यादवले यसअघि पनि गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । Advertisement सो निवेदन अनुसार सूचना उपलब्ध गराउनू भनि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते पनि गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियो । तर त्यसका बाबजुद पनि आफूलाई सूचना नदिइएको भन्दै उपाध्यक्ष यादव बुधबा...
प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

देश, राजनीति, समाचार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका नेताहरुले धमाधम उनको साथ छाड्न थालेका छन् । पछिल्लो समय प्रदेश २ का सभामुख सरोज यादवले उनको साथ छाडेका छन् । जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको छ । लोसपामा राजेन्द्र महतोलाई वरिष्ठ नेताको दर्जामा राखिएको छ । तर महतो निकट मानिएका प्रदेशसभा सभामुख यादव भने जसपामै रहे । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र यादवले लोसपाका पक्षमा सनाखत नगरेका कारण उनी जसपामै रहेको मानिन्छ । Advertisement त्यसो त, सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत...
माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

देश, राजनीति, समाचार
माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।  Advertisement माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन।  समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छाडे सांसद पद गुम्ने भएपछि उनीहरु बुधबार सर्वोच्च पुगेका हुन्। सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  साभार: रातोपाटी ...
विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

देश, राजनीति, समाचार
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । Advertisement तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० ग तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधि...
देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

देश, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ । Advertisement निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनि...
सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

देश, राजनीति, समाचार
सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । Advertisement सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको नेकपा एकीकृत समाजवादीका स्थानीय नेता योगेन्द्र सिंहले जानकारी दिए । त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन अधिकृ...
विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच भेटघाट भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्नका लागि आग्रह गरेका छन् ।  उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु’ उनले भने । मुख्यमन्त्री पोखरेलले गरिबीको अन्त्य र समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै प्रदेशको विकासमा पनि योगदान गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘गण्डकी प्रदेश विकासका प्राथमिकता र सम्...
माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

माधव नेपालले हात्तीजत्रो पार्टीलाई बोकोजत्रो बनाउनुभयो : महेश बस्नेत

देश, राजनीति, समाचार
एमाले नेता महेश बस्नेतले माधव नेपालले पार्टीको नेतृत्व गर्दा हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा बस्नेतले माधव नेपालले २०६४ को निर्वाचनमा हात्तिजत्रो पार्टीको जिम्मा लिएर बोको जत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुगेको बताएका हुन् । Advertisement ‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो’ बस्नेतले भने- ‘उहाँ प्रधानमन्त्री हुँदा प्रचण्डले देशव्यापी आमहड्ताल घोषणा गर्नुभयो, माधव नेपालको सरकारले वार्ताको आव्हान गर्दा प्रचण्डले भन्नुभयो–म वार्ता नोकरसँग होइन मालिकसँग गर्छु ।’ त्यसबेला आफुहरुले युथफोर्स बनाएर मा...
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव छ : प्रधानमन्त्री देउवा

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव छ : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि  दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४ औँ बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र  पहुँ...