जुनसुकै समूहबाट छानिए पनि कांग्रेस प्रतिनिधि माथिल्लो तहमा उम्मेदवार हुन पाउने
नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न अहिले धमाधम वडा अधिवेशन गर्दैछ।
भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्।
Advertisement
वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्।
वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्।
कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’
भदौ २७ अगा...









