२०८३ कार्तिक १२

उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताकुमारी यादवले आफ्नै गाउँपालिकाबाट सूचना उपलब्ध नगराइएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएकी छन् । पटक पटक लिखित रुपमा माग गर्दा पनि आफूलाई सूचना नदिइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर सिडिओसमक्ष निवेदन दिएकी हुन् ।

उपाध्यक्ष यादवले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र लेखेको छ । उपाध्यक्ष यादवले यसअघि पनि गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् ।


Advertisement


सो निवेदन अनुसार सूचना उपलब्ध गराउनू भनि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते पनि गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियो । तर त्यसका बाबजुद पनि आफूलाई सूचना नदिइएको भन्दै उपाध्यक्ष यादव बुधबार पुनः जिल्ला प्रशासन कार्यालयमा अर्को निवेदन लिएर पुगेकी हुन् ।

उपाध्यक्ष यादवका अनुसार गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले उनलाई जानकारी नै नदिइकन गाउँसभा सम्पन्न गरेका छन् । सभाले के के पारित ग¥यो भन्नेबारे जानकारी माग गर्दै उपाध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवलगायत अधिकृत रामनारायण साह समक्ष पटक पटक लिखित निवेदन दिएकी थिइन् । आफूले दिएको निवेदनको सुनुवाई नभएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपरेको उपाध्यक्ष यादवको भनाइ छ ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap