२०८३ कार्तिक १२

एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि

नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ।


Advertisement


यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो।

समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए।

यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए।

यस्तै, बैठकले भोलि १२ बजे संसदीय दलको बैठक राख्ने निर्णय गरिएको उनले बताए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap