२०८१ बैशाख २६

राजनीति

बाइडेनले भने- अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो

बाइडेनले भने- अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो

राजनीति
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्। २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्। ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठूला सैनिक अपरेशन गर्ने युगको अन्त्य पनि हो,’ बाइडेनले भने। Advertisement आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षेपकारी नहुने बाइडेनको संकेत थियो। सम्बोधनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा युद्धलाई निरन्तरता नदिने प्रतिवद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिंग तरि...
अदालत, निर्वाचन आयोग र सभामुखप्रति ओलीको कटाक्ष

अदालत, निर्वाचन आयोग र सभामुखप्रति ओलीको कटाक्ष

राजनीति
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन्। Advertisement नेकपा (एमाले) झापा-काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको आरोप लगाए। उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए।  उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे। उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्। बाटाबाट हिँड्न मान्दैनन्। कान्ला कान्ला, भिर भिर कुद्छन्। निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग ...
प्रदेश १ सरकारको निर्णयः अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै

प्रदेश १ सरकारको निर्णयः अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै

राजनीति
मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले एक महिनाभित्र मालपोत र यातायात कार्यालयको सेवा अनलाइनबाटै प्रदान गर्ने घोषणा गरेको छ ।  ‘अबको महिना दिनभित्र मालपोत र यातायात कार्यालयसम्बद्ध सबै काम सेवाग्राहीले अनलाइनबाटै पाउने’ प्रदेश सरकारले जनाएको छ।   प्रदेशको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक गएको शनिबार सम्पन्न भएको थियो। Advertisement बैठकले प्रदेशभरका मालपोत र यातायात कार्यालयका काम अनलाइनबाटै गर्ने निर्णय गरेको हो। ‘यी दुई कार्यालय अधिक भिडभाड हुने कार्यालय हुन्,’ मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै उद्योग, वन पर्यटन मन्त्री लछुमन तिवारीले भने, ‘अब त्यसरी भिड लाग्नुपर्दैन। सेवाग्राहीले अनलाइनबाटै सेवा पाउनुहुनेछ। सबै तयारी गरेर महिना दिनभित्र सेवा सुचारु गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई भनिसकिएको छ।’  मन्त्रिपरि...
दिगो विकास लक्ष्य हासिल गर्न कानुन संशोधनका लागि सरकारलाई निर्देशन

दिगो विकास लक्ष्य हासिल गर्न कानुन संशोधनका लागि सरकारलाई निर्देशन

देश, राजनीति, समाचार
 दिगो विकास लक्ष्य हाँसिल गर्न छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास विकास तथा सुशासन समितिले  विद्यमान कानुनहरूलाई दिगो विकास लक्ष्य अनुरुप संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । Advertisement दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पुरा गर्न बाधक बनेका कानुनको पहिचान गरी तिनको संशोधन र परिमार्जन सहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका वनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले अधिकांश कानुनहरु संघीय संरचनामा लैजानका लागि पञ्चायती कानुनमा आनुसांगिक मिलाउने मात्रै भएको भन्दै विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । उनीहरुले दिगो विकास लक्ष्य हासिल...
फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

देश, राजनीति, समाचार
 विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।   अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ । Advertisement अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् । ‘अध्यक्षले सहमतिका आधारमा बैठक बोलाउने प्रयास गर्नुभएको थियो तर सहमति नभएपछि पार्टीलाई डेडलकबाट बचाउन बिहीबारलाई बैठक बोलाउनुभएको हो’, अध्यक्ष मिश्र पक्षीय विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्यहरुले बैठकको माग ग...
अफगानिस्तान तालिबानको हातमा छोडेर फर्कियो अमेरिका, अब के होला?

अफगानिस्तान तालिबानको हातमा छोडेर फर्कियो अमेरिका, अब के होला?

राजनीति
सोमबार राति काबुलस्थित हमिद कारजाई विमास्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा चढ्दै अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई। २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिकले अफगानिस्तान छोडेका छन्। सोमबार राति काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई चढेसँगै अफगान भूमिमा विदेशी फौजको पछिल्लो उपस्थिति सकिएको हो। Advertisement अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध लथालिंग तरिकाले अन्त्य हुँदा एउटा अनौठो संयोग भएको छ। २० वर्षअघि अमेरिकी सैनिकहरू अफगानिस्तान आउँदा काबुलमा मुस्लिम कट्टरवादी समूह तालिबानको सरकार थियो। २० वर्षपछि अमेरिकी सैनिक फर्किँदा पनि अफगानिस्तानलाई तिनै तालिबानको हातमा छोड्नु परेको छ। यो बीचमा अमेरिकाले अफगानिस्तानमा २० खर्ब अमेरिकी डलर खर्च गरेको छ। झन्डै २ हजार ...
ओली सरकार कम्युनिष्टको नाममा बदनाम थियो: झलनाथ खनाल

ओली सरकार कम्युनिष्टको नाममा बदनाम थियो: झलनाथ खनाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्।  Advertisement झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका नेता खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाले भनेर गोहीको आँशु बगाउन जरूरी नरहेको बताए।  ‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो,’ खनालले भने,‘कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’ उनले आफूहरूले पसिना बगाएर बनाएको एमाले पार्टीमा पछिल्लो समय गुटवाद, अहंकारवाद, व्यक्तिवाद हाबी भएको बताए।  ‘त्यसका विरूद्ध हामीले पार्टीभित्रै अन्तरसंघर्ष गर्‍यौं तर त्यो प्रवृत्ति यति जब्बर थियो कि हामीले सकेनौं र विद्रोह गर्‍यौं,’ खनालले भने,‘यो विद्रोह झिल...
स्वदेश फर्किए झलनाथ खनाल, माधव नेपालसहित नेताले विमानस्थलमा गरे स्वागत

स्वदेश फर्किए झलनाथ खनाल, माधव नेपालसहित नेताले विमानस्थलमा गरे स्वागत

राजनीति
नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ  खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्।  Advertisement उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू विमानस्थलमा पुगेका थिए।  खनालले नयाँ पार्टी दर्ताका लागि नयाँदिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका थिए।  खनाल असार २ गते उपचारका लागि नयाँदिल्ली गएका थिए। ...
सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने सहमति

सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने सहमति

राजनीति
सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ। Advertisement प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्यांकन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता...
हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन्: प्रधानमन्त्री

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन्: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्। Advertisement श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्। ‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्। ...