विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गरिदिन मुख्यमन्त्री पोखरेलको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच भेटघाट भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्नका लागि आग्रह गरेका छन् ।
उनले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु’ उनले भने । मुख्यमन्त्री पोखरेलले गरिबीको अन्त्य र समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै प्रदेशको विकासमा पनि योगदान गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘गण्डकी प्रदेश विकासका प्राथमिकता र सम्...









