२०८१ बैशाख २२

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो ।

Advertisement

तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० ग

तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपि नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ, तर पनि सबैको बीचमा आवश्यक सहमति कायम राखेर फास्टट्रयाकबाट भएपनि यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ’ प्रमुख सचेतक गुरुङको भनाइ छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap