२०८३ कार्तिक १२

पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको छ: ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको बताएका छन्।

शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन्।


Advertisement


उनले नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए। महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए।

महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशतमात्रै परेको देखेका छौं, तर अब नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाए यो २/३ प्रतिशतमा आइपुग्नेछ र नेकपा एमाले हिजोभन्दा पनि अझै सबल भएर अघि बढ्छ।’

महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुइटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरूले काम गर्ने बताए।

उनले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरूमा अवसरवादी र सिद्धान्तहीनहरू मात्र भएको टिप्पणी गरे।

महासचिव पोखरेलले भने, ‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरूसँग जुध्ने आँट गर्नुपर्छ, बाहिरका प्रतिकुलतासँग मात्रै होइन, भित्रका प्रतिकुलतासित, बाहिरका बैरीसँग मात्रै होइन, भित्रका गलत कुराहरूसँग पनि जुधेर हामी यो ठाउँमा आइपुगेका हौं, हाम्रो यात्रा जारी छ, हामी यो लडाइँमा कहिल्यै थाक्ने छैनौं, नेपालमा अहिले राष्ट्रिय राजनीति दुइटा ध्रुवमा बाँडिएको छ, एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दु:ख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सद्भावको कुरा गर्छ, हामी यो पोल यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ, अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादीहरू, सिद्धान्तहीनहरू, अनैतिकहरूको झुन्ड छ, त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ, यी दुइटा ध्रुवमध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो।’

महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए। महासचिव पोखरेलले नेकपा एमाले हिजोभन्दा पनि बलियो बन्ने हिसाबले अघि बढ्ने भन्दै नेकपा एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरूले क्रियाशील भएर काम गर्नुपर्ने बताए। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap