प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै कांग्रेस
नेपाली कांग्रेसका सात प्रदेश सभापतिहरूले उठाएका मागहरू सम्बोधन हुने भएका छन्।
जारी केन्द्रीय कार्यसमिति बैठकबाट प्रदेश सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने गृहकार्य कांग्रेसले गरेको छ।
Advertisement
प्रदेश सभापतिहरूले आफूहरूलाई केन्द्रीय सदस्यसरह केन्द्रीय समिति बैठकमा आमन्त्रण गरिनुपर्ने, प्रदेशमा लेबी दिइनुपर्ने र बरियतालगायत विषय टुंग्याउनुपर्ने माग राख्दै आएका छन्।
प्रदेश नम्बर १ कांग्रेस सभापति उद्धव थापाका अनुसार प्रदेश सभापतिहरूका माग पार्टीले सम्बोधन गर्ने तयारी गरेको छ।
‘हामीले उठाएका मागहरू यो केन्द्रीय कमिटीबाट सम्बोधन हुने भएको छ,’ उनले आज सानेपामा पत्रकारहरूसँग भने, ‘केन्द्रीय समितिमा स्थायी आमन्त्रित सदस्यका रूपमा प्रदेश सभापतिलाई बोलाउने व्यवस्था गर्ने भनेर उपसभापति पूर्णबहादुर खड्काले बताइसक्नुभएको छ।’
अहिले कांग्रेसका ...









