२०८१ बैशाख १२

राजनीति

युक्रेन-रूस शान्ति वार्ता लम्बिने, रूसले प्रयोग गर्ने १०० बिमानको मर्मतमा अमेरिकाको प्रतिबन्ध

युक्रेन-रूस शान्ति वार्ता लम्बिने, रूसले प्रयोग गर्ने १०० बिमानको मर्मतमा अमेरिकाको प्रतिबन्ध

राजनीति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की। रूस र युक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्। Advertisement युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ। सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’।’ यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रूसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताएका थिए। उनका अनुसार त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन्। यसैबीच, अमेरिकाले रूसले प्रयोग ग...
निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा आकलन गरेर मात्रै निर्णय हुन्छ: कांग्रेस प्रवक्ता

निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा आकलन गरेर मात्रै निर्णय हुन्छ: कांग्रेस प्रवक्ता

राजनीति
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरूबीच गठबन्धनको सम्भावना रहेको बताएका छन्। Advertisement शनिबार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताए।  निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताए।  प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरूको प्रस्तावलाई पनि हेरिने बताए। अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसिसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो विफल भएको बताए।  यस्तै, कांग्रेसले सुरू गरेको घर-घर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसिसीको भ्रम पनि तोडिने बताए।  ...
प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य– शेरबहादुरजी सूर्यमा भोट हाल्नुस् 

प्रधानमन्त्रीलाई ओलीको व्यङ्ग्य– शेरबहादुरजी सूर्यमा भोट हाल्नुस् 

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् । Advertisement शनिबार सम्पर्क समन्वय कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने दाबी गरे । एमालेले जेष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे । “तपाईं हामीले सुनेका छौं, ६० वर्ष माथिका नागरिकलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे । अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त । बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ,” उनले भने, “नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम जेष्ठ नागरि...
माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिबार बिहान हेलिकप्टरमार्फत् दोलखा पुगेका हुन्। Advertisement देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ। देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।    माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती सव-स्टेसन २२०/१३२ केभी क्षमताको हो। यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव-स्टेसन रहेको प्राधिकरणले जनाएको छ। ...
ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

राजनीति
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए । Advertisement ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे ।  संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे । सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए । ढोरपाटन सिकार आरक्ष क...
अहिलेको राजनीतिक प्रणाली र नेतृत्व विकासमा बाधक – राजेन्द्र लिङ्देन

अहिलेको राजनीतिक प्रणाली र नेतृत्व विकासमा बाधक – राजेन्द्र लिङ्देन

राजनीति
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन्। Advertisement शुक्रबार ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै उनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोज्ने बेला आएको बताएका हुन्।  राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको उनले दाबी गरे। सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरे। बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको ...
आयोगले मतदाता नामावली नसारिदिँदा स्थानीय चुनावमा उम्मेदवार बन्न चाहनेलाई मर्का

आयोगले मतदाता नामावली नसारिदिँदा स्थानीय चुनावमा उम्मेदवार बन्न चाहनेलाई मर्का

राजनीति
नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटी स्याङ्जाका उपाध्यक्ष ओम सिग्देल वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका आकांक्षी छन्। गाउँपालिका अध्यक्षको टिकट दिने भनेर नै उनलाई नेताहरूले गाउँपालिका कमिटीको उपाध्यक्षमा बस्न राजी गराएका थिए। तर उनको मतदाता नामावली अहिलेसम्म पनि पोखरा-७ मा छ। Advertisement पोखरामा मतदाता नामावली भएको व्यक्ति अन्यत्र गएर उम्मेदवार बन्न र मतदान गर्न पाउँदैनन्। गाउँपालिका अध्यक्ष बन्ने उद्देश्यले नै सिग्देलले गत असोज २० गते आफ्नो मतदाता नामावली हरिनास सार्न जिल्ला निर्वाचन कार्यालय कास्कीमा निवेदन दिए। तर उनको नाम स्याङ्जा सरेन। निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावली अनुसार उनको नामावली पोखरामै रह्यो। ‘हरिनासको अध्यक्ष बन्ने सपना चकनाचुर पार्न खोजिएको छ,’ सिग्देलले भने, ‘निर्वाचन आयोगले अन्तिम नामावली प...
परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाक्रीको आग्रह

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाक्रीको आग्रह

राजनीति
सहरी विकास मन्त्री रामकुमारी झाक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।  उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी हुन्।  Advertisement शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन्। उनले भनिन्, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन्। सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौं भन्ने पक्षमा छौं। एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ।’ मन्त्री झाक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्...
एमालेमा जान ठिक्क परेका वीरगन्जका राजेशमान अब जसपा प्रवेश गर्ने

एमालेमा जान ठिक्क परेका वीरगन्जका राजेशमान अब जसपा प्रवेश गर्ने

राजनीति
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा (एमाले) मा प्रवेश गरेपछि एमाले जान लागेका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्ने भएका छन्। Advertisement सिंह अहिले लोसपामा आवद्ध छन्। यसअघि आफू एमाले प्रवेश गर्न लागेको भए पनि अब जसपामा जान लागेको उनले बताए। आफूलाई पटक-पटक समय दिएर पनि प्रवेश नगराइएको तर आफ्नै विरोधीलाई प्रवेश गराएकोले आफू एमालेमा नजाने सिंहले बताए। 'मलाई एमाले अध्यक्षले तपाईं आउनुस् भन्नुभएको हो। सुरूमा फागुन १४ गते त्यसपछि २६ अनि २६ बाट २८ गते पुर्‍याइयो। फागुन २८ बाट चैत ६ अनि चैत ६ बाट ८ गते पुर्‍याइयो,' उनले भने,'फागुन २८ गते बिहेको कार्यक्रम पारेर सरावगीलाई एमाले प्रवेश गराइयो। जसले भ्रष्टाचार गर्‍यो भनेर म निरन्तर विरोधमा छु। उसलाई नै पार्टीमा लगेपछि अब म एमाले जाँदिनँ।' बिहेको कार्यक्रम पारेर सरावगीलाई...
स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरूजु फर्छ्यौट हुनुपर्ने

स्थानीय तहको उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरूजु फर्छ्यौट हुनुपर्ने

राजनीति
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरूजु भए अनिवार्य फर्छ्यौट हुनुपर्ने जनाएको छ। निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फर्छ्यौट भएको हुनुपर्ने बताए।  Advertisement ‘आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरूजु भएको भए फर्छ्यौट भएको हुनुपर्छ’, उनले भने, ‘असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरूजु छ भने त्यो पनि फर्छ्यौट हुनुपर्छ।’ स्थानीय तहका बेरूजु भए पनि उम्मेदवार हुने व्यक्तिको पेस्की बेरूजु र असुलउपर हुनुपर्ने बेरूजु फर्छ्यौट भएको हुनुपर्ने उनको भनाइ छ। आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २...