२०८१ बैशाख २२

राजनीति

अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू

अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं: मन्त्री बडू

राजनीति
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्। Advertisement नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीसँग आज भएको अन्तर्क्रियामा मन्त्री बडूले कर्मचारीको हितमा हुने गरी ऐन ल्याउन सरकार प्रतिवद्ध रहेको बताए। मन्त्री बडूले अध्यादेशबाट भए पनि संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन्। उनले कर्मचारीका मागलाई सम्बोधन गर्न सरकार अधिकतम प्रयासरत रहेको बताए। उनले कर्मचारी समायोजन, आन्तरिक प्रतिस्पर्धा, अनुमानयोग्य बढुवा, व्यक्तिगत सम्बन्धले नभई कामको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने परिपाटी, श्रेणीविहीनदेखि सबै तहका कर्मचारीको सरोकारका विषयमा सरकार सचेत रहेको बताएका थिए। छलफलमा युनियनका अध्यक्ष गोपाल पोखरेलले चार वर्षदेखि संघीय निजामती सेवा ऐनमा समेट...
व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनू: प्रधानमन्त्री देउवा 

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनू: प्रधानमन्त्री देउवा 

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।  Advertisement प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।’  प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिएका थिए।  उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरूलाई स्वदेशी उत्पादनलाई प्रोत्साह...
अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ: प्रचण्ड

अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित गरिने बताएका छन्। Advertisement लामो समयदेखि संसदमा रोकिएको उक्त विधेयक अब अगाडि बढाउने र पारित गरिने उनले बताए। आज जनकपुरधाममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ।’ नागरिकता विधेयक पारित नहुँदा जनसिद्ध नेपाली नागरिकता लिएका बाबुआमाका छोराछोरीले नागरिकता पाएका छैनन्। ...
अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

राजनीति
अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्। Advertisement ‘वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी करिश्मालाई मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। काठमाडौंको कार्की ब्याङ्क्वेटमा मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा बिलय भएको छ।  ...
वामपन्थीहरू फेरि मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई छः शेखर कोइराला 

वामपन्थीहरू फेरि मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई छः शेखर कोइराला 

राजनीति
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन्।  Advertisement मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ। सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ। तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ।’  पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याएका हुन्।  स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो। ‘यसअघि...
मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

मन्त्रिपरिषद हेरफेर गरेर केही नयाँ मन्त्री आउने सम्भावना छ: प्रचण्ड

देश, राजनीति, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्। यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए। ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’ Advertisement उनले केही नयाँ मन्त्री आउन सक्ने बताए। ‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभएको र माधव नेपालजीले पन...
शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। Advertisement शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो। तत्कालीन राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उनी नियुक्त भइसकेका छन्। ...
दुई तिहाइको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढाले- ओली

दुई तिहाइको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढाले- ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको आरोप लगाएका छन्। Advertisement इलाममा आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने जिकिर गरे। उनल एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको दाबी गरे। ‘एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन?’ भत्ता खाइराख्ने? एमालेले लगाइदिएको  सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन? विचार गर्नुस् त, कति साह्रो लाज नभएको? कमसेकम नेकपा एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि। एमालेले लगाइदिएको जुँगामा ताउँ लगाउने अ...
जापानले पाँच वर्षमा भारतमा ४२ अर्ब डलर लगानी गर्ने

जापानले पाँच वर्षमा भारतमा ४२ अर्ब डलर लगानी गर्ने

राजनीति
जापानले आउने पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। Advertisement भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन्। समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए। वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन-भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो। जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन्। जापानले लामो समयदेखि भारतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। नयाँ लगानीले भा...
भयरहित निर्वाचन गर्न सबै प्रतिवद्ध हुनुपर्छ: प्रधानमन्त्री

भयरहित निर्वाचन गर्न सबै प्रतिवद्ध हुनुपर्छ: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। Advertisement काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा शनिबार प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ’, प्रधानमन्त्री देउवाले भने। जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको उनले बताए। ‘त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु,’ उनले भने...