२०८१ बैशाख २२

राजनीति

नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा आफ्नो प्रभावको रिपोर्टिङ लिने

नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा आफ्नो प्रभावको रिपोर्टिङ लिने

राजनीति
नेकपा एकीकृत समाजवादीले चुनावी तयारीसँगै संगठनको कामलाई अघि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सातै प्रदेशमा केन्द्रीय कार्यालयको तर्फबाट अनुगमन गर्न नेताहरू पठाउने निर्णय गरेको छ।  Advertisement एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूपश्चिममा  रामचन्द्र झालाई अनुगमनका लागि खटाएको छ। उनीहरूले सातै प्रदेशमा भएका पार्टी कामको रिपोर्टिङ लिने र पार्टीको वास्तविक परिस्थिति के छ, संगठन कति बनेको छ भनेर जानकारी लिनेछन्।  निर्वाचनमा गठबन्धन बनाउनेबारेमा समेत बैठकमा छलफल भएको थियो। 'हामीले हात खुला गरे...
निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्न: महामन्त्री थापा

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्न: महामन्त्री थापा

राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए।  Advertisement ‘पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्रीसमेत रहेका थापाले भने। निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहोर्‍याए। पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे।  उनले भने, ‘मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टी...
राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ: प्रधानमन्त्री देउवा

राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताएका छन्।  राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिए। Advertisement राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका उनले स्थापनाकालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको आकलन गरी वस्तुनिष्ठ मूल्यांकन र विश्लेषण गरी सम्बोधनका लागि सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे। प्रधानमन्त्री  देउवाले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी ...
‘सरकारले युट्युबलाई नियन्त्रण गर्न खोजेको होइन’

‘सरकारले युट्युबलाई नियन्त्रण गर्न खोजेको होइन’

राजनीति
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन्।  मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रूपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका हुन्।  सरकारले नि:शुल्क रूपमा उपलब्ध हुने गुगललाई नियन्त्रण गर्न नखोजिएको भन्दै सचिव अर्यालले कुनै एक व्यक्तिको युट्युबमा भिडि‌ओ राख्न पाउने बताए। Advertisement उनले मिडिया भनेर दाबी गर्ने युट्युबलाई भने सरकारले नियमन गर्ने नीति लिएको बताए। अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रतालाई खुला छोड्दा स्वतन्त्रताले अर्कोलाई असर पर्ने गरी व्यक्तिगत गोपनीयताका कुराहरू बाहिर ल्याउने कामलाई नियन्त्रण गर्न खोजिएको अर्यालको ...
चिनियाँ विदेश मन्त्री भारत पनि जाने

चिनियाँ विदेश मन्त्री भारत पनि जाने

राजनीति
चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल र भारतको भ्रमण गर्ने भएका छन्।  परराष्ट्र मन्त्रालयले यीको मार्च अन्तिम सातातिर हुने यीको नेपाल भ्रमणको अहिले तयारी गरिरहेको छ। भारतीय सञ्चारमाध्यमहरूले  विदेश मन्त्रीले भारत पनि भ्रमण गर्ने बताएका छन्।  Advertisement एनडिटिभीका अनुसार उनी नेपालबाट भारत भ्रमणमा जान लागेका हुन्। यी भ्रमणको मिति भने टुंगो लागिसकेको छैन।   सन् २०२० मे ५ मा लद्दाखमा भएको भारतीय र चिनियाँ सेनाबीचको भिडन्तपछि भारतमा पहिलो पटक चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो। यसअघि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए। तर उनले कसको भ्रमण हुन लागेको खुलाएका थिएनन्।  पछिल्लो समय नेपालमा अमेरिकी सह...
राष्ट्रपतिले अन्त्य गरिन् संसद अधिवेशन

राष्ट्रपतिले अन्त्य गरिन् संसद अधिवेशन

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्। Advertisement मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन अन्त्य गरेकी हुन्।  राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरेकी हुन्।  ६ महिनाभन्दा लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दुवै सदन अवरोध गरिरहेको थियो। भदौ २३ यता एमालेले संसद अवरोध गरे पनि सरकाले अमेरिकी सहायता सम्झौता एमसिसी पास भएको छ। ...
एमाले सचिवालय बैठक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित

एमाले सचिवालय बैठक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित

राजनीति
नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित गरेको छ।  Advertisement मंगलबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए। ‘स्थानीय तहको निर्वाचनको सम्बन्धमा उम्मेदवारहरूको सिफारिस निर्णय गर्ने विधि र प्रक्रियाबारे हामीले निर्णय गरेका छौं,’ गुरूङले भने। वडा तहको वडाध्यक्ष, वडा सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, नगरपालिकाको मेयर र उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने गुरूङले बताए।  यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको हकमा मेयर र उपमेयरको सिफारिस प्रदेशले गर्ने र त्यसको निर्णय केन्द्रले गर्ने भएको हो।&nbs...
बालकोटमा एमाले सचिवालय बैठक सुरू

बालकोटमा एमाले सचिवालय बैठक सुरू

राजनीति
नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। Advertisement एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ। त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ। ७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत बैठक बसेको हो। ...
क्यानडा र अमेरिकाको संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

क्यानडा र अमेरिकाको संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

राजनीति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गर्ने भएका छन्।  उनले मंगलबार क्यानडाको सदन र बुधबार अमेरिकी सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभ्समा भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको सिएनएनले जनाएको छ। Advertisement उनले क्यानडाको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्बोधन गर्ने तालिका छ। उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्न आमन्त्रण गरेका थिए। प्रधानमन्त्री ट्रुडोले सम्बोधन गरेपछि जेलेन्स्कीले सम्बोधन गर्नेछन्। युक्रेनमा रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधनका लागि निम्त्याइएको हो।  अमेरिकी सदनमा पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको हुँदा सबै संसदलाई बुधबारको सदनमा उपस्थित हुन सभामुख न्यान्सी पेलोसीले आग्रह गरेकी छन्।  पेलो...
युक्रेनमा रहेका चिनियाँहरूलाई स्वदेश फर्काइँदै

युक्रेनमा रहेका चिनियाँहरूलाई स्वदेश फर्काइँदै

राजनीति
युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ। Advertisement चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी   चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ। सो जहाज स्थानीय समयानुसार बिहान ८:५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ। चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ। युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ। रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ। जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरू...