२०८१ बैशाख २१

प्रचण्डले छोरी नजिताए देश दुर्घटनामा जान्छु भन्नु आचारसंहिताविपरीत  : ओली 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदातालाई धक्याएर आचारसंहिताविपरीत काम गरेको आरोप लगाएका छन् ।


Advertisement


आइतबार च्यासलस्थित पार्टी मुख्यालय आयोजित पत्रकार सम्मेलनमा उनले प्रचण्डले आफ्नी छोरीलाई मत नदिए देश दुर्घटनामा जान्छ भनेर धम्याएको बताए ।

“यदि, मेरो छोरीलाई जिताउँदैनन् भने देश दुर्घटना हुन्छ, मेरी छोरीलाई यदि खुरुखुरु भोट हालेर जिताउने हो भने म उत्साहित हुन्छु, छोरीलाई भोट दिनुपर्ने,” उनले भने, “यो वास्तवमा अपराधी गठबन्धन हो । यो अत्यन्त गलत कुरा हो । आचारसंहिताविपरीत कुरा हो । हानिकारक कुरा हो ।”

Copy link
Powered by Social Snap