२०८१ बैशाख २१

तीन तहकाे चुनाव देशलाई दुर्घटनाबाट रोक्ने अवसर ः लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिने बताएका छन् । 


Advertisement


आइतबार ललितपुरको मंगलबजारमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले अहिले नै ठूला भनिएका पार्टी र नेता सुध्रने अवस्था नदेखिएको समेत बताए ।  यसअघि पनि नेताहरूलाई सुध्रन आफूले सुझाव दिएपनि उल्टै आफुमाथि नै उनीहरू खनिएको उनकाे भनाइ छ । 

देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । विकास र सुशासनलगायत राप्रपाले अघि सारेको मुद्दाहरू कुनै दलका लागि नभएर मुलुकका लागि भएको उनकाे तर्क छ । उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने यात्रामा साथ दिन आग्रह गरे । 

Copy link
Powered by Social Snap