२०८१ बैशाख ३१

जिते एक वर्षभित्र काठमाडौंको फोहोर तह लाउँछु : केशव स्थापित 

काठमाडौं । नेकपा एमालेको काठमाडौं महानगरको उमेदवार केशव स्थापितले आफूले जिते काठमाडौंको फोहोरमैला एक वर्षभित्र नियन्त्रण गर्ने बताएका छन् । 


Advertisement


मंगलबार भृकुटीमण्डपमा कार्यक्रममा आयोजित चुनावी कार्यक्रममा उनले काठमाडौंको धुवाँ धुलोको समाधान पनि एक वर्षभित्र गर्ने दाबी पनि गरे । 

“ एक वर्षभित्र काठमाडौंको फोहोर मैला नियन्त्रण हुन्छ । तह लाएको हुन्छ । केही दिनभित्र बिहान, बेलुकी कलेक्सन हुन्छ । ६ महिनापछि अलेली हुन्छ । एक वर्षमा फोहोर मैलाको स्थायी समाधान हुन्छ । फेरि कांग्रेसले त्यसमा भोट माग्न पाउने छैन ,” उनले भने । 

कार्यक्रममा स्थापितले काठमाडौंमा आफ्नो प्रतिष्पर्धी नै उत्पादन नभएको समेत दाबी गरे । 

“ प्रतिपक्षी नै उभिरहेको छैन । प्रतिपक्षीको नीति विचार कार्यक्रम नै गरेको छैन ।  जनताको बीचमा जानुपर्यो नि । प्रतिष्पर्धी नै उत्पादन भएको छैन,” स्थापितले भने । 

त्यस्तै चुनावी घर दैलोको क्रममा उनले अरु दलका कार्यकर्ताहरुले पनि आफूलाई भोट दिने बताएको भन्दै भोट दिएपछि सुनपानी छर्किएर आफ्नै पार्टीमा जान आग्रह समेत गरे । 

“ भोट के मा सूर्यमा ।  सुनपानी छर्केर आफ्नै पार्टीमा ,” स्थापितले भने ।

Copy link
Powered by Social Snap