२०८१ बैशाख १६

मतदान केन्द्रको जिम्मा महिलालाई

कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए ।


Advertisement


शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला मात्रै खटाइएको हो । उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एकजना घरेलु तथा साना उद्योग कार्यालयबाट र चारजना जिल्ला अदालत नवलपुरबाट रहेका छन् ।

मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुंगाना, सहायक कर्मचारी सुस्मिता पंगेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँचजना सबै महिला कर्मचारी मात्रै खटाइएको शर्माले जानकारी दिए । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाइ छ ।

विगतमा भएका निर्वाचनमा समेत नमुना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारी मात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र रहेका छन् । 

Copy link
Powered by Social Snap