२०८१ बैशाख २३

निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा राष्ट्रपतिको जोड 

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । 


Advertisement


राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याउनुपर्ने बताइकी हुन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा उनले जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउन सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरे । 

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम हुने उनले स्पष्ट पारिन् । उनले भनिन्, “यसबेला हामी स्थानीय तह निर्वाचनको संघारमा उभिएका छौं । आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन संचालन हुनुनै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो । तसर्थ, आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट योगदान पुर्याउनु पर्दछ ।”

समारोहमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वद्र्धन गर्दैै लैजाने प्रतिवद्धता पनि दोहोर्याए । 

Copy link
Powered by Social Snap