२०८१ बैशाख १३

देउवाले सुदूरपश्चिमका नेताहरूसँग भने– गठबन्धन पूर्णरूपमा लागु हुन्छ, विकासमा सहकार्य हुन्छ




धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा सुदूरपश्चिममा गठबन्धन पूर्णरूपमा लागु हुने बताएका छन् । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोबिन्द बोहोरासँगको भेटमा देउवाले गठबन्धन पूर्णरूपमा लागु हुने बताएका हुन् । 



Advertisement



देउवाले गहन गृहकार्य, सहकार्य तथा छलफल गरेर मात्रै गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् । 

सुदूरपश्चिको विकास र ठुला परियोजना ल्याउनमा आफ्नो महत्त्वपूर्ण भुमिका रहेको बताउँदै प्रधानमन्त्री देउवाले  प्रदेशका लागि गेटा मेडिकल कजेज, सेती प्रादेशिक अस्पताल स्तरोन्नतिमा कुनै कसुर बाँकी नराख्ने बताए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले भेटमा सुदूरपश्चिम प्रदेशको अबको चुनावी गठबन्धनबारे छलफल भएको बताए । उनले  स्थानीय तहको निर्वाचनमा कैलालीको टिकापुर, जोसीपुर लगायतका पालिकाहरूमा तालमेलमा समस्या भएकाले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन कसरी गर्दा उपयुक्त होला भन्ने विषयमा छलफल भएको बताए ।

भेटमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले सेती प्रादेशिक अस्पतालको प्रदेशको क्षेत्राधिकारभित्र पर्ने २०० बेडको काम भइसकोको र अब ३०० बेड फेरि थप गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्बाट निर्णय गर्न आग्रह गरेको बताए ।

Copy link
Powered by Social Snap