२०८१ बैशाख १५

अब बाबुराम भट्टराईकाे नयाँ पार्टी ‘नेपाल समाजवादी’




काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट हटाइएका डा. बाबुराम भट्टराईले नयाँ दल गठनको प्रक्रिया अगाडि बढाएका छन् । उनले दीपक लामिछाने नेतृत्वको समावेशी लाेकतान्त्रिक पार्टीकाे नाम फेर्न लगाएर नेपाल समाजवादी पार्टी बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।



Advertisement



बिहीबार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तनका लागि निर्वाचन आयोगमा परेको निवेदन स्वीकृत भएर नयाँ नामलाई स्वीकृत गरिएको छ ।

नयाँ नाम नेपाल समाजवादी राखिएको छ । तर, भट्टराई अहिलेसम्म उक्त पार्टीमा गइसकेका छैनन् ।

नेपाल समाजवादीले‍ चुनाव चिह्न आँखा पाएको छ ।

Copy link
Powered by Social Snap