२०८१ बैशाख १५

सरकारको आलोचना गर्दै शेखरले भने–देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । 



Advertisement



बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । 

“देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ,” उनले भने, “यो देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ ।”

उनले अहिलेका राजनीतिकर्मीहरू जनताबाट धेरै टाढा भइसकेको भन्दै राजनीतिक गर्नेहरू जनतासँग जोडिन आवश्यक रहेको बताए । 

नेता काेइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उनको भनाइ छ । 

Copy link
Powered by Social Snap