२०८१ बैशाख १४

रामचन्द्र पौडेल र भारतीय राजदूतबीच भेटवार्ता 




काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता भएको छ ।



Advertisement



राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् ।

नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ । भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

Copy link
Powered by Social Snap